मंगलबार १९ साउन २०७८

४ जना टिकटकरहरुले साथमा मिलेर टिकटक बनाउँदै गर्दा चारै जनाको गोली हानी हत्या गरिएको छ । ४ जनामध्ये एउटी महिला समेत रहेको बताइएको छ । मंगलबार बिहान पाकिस्तानको कराचीमा उनीहरुको हत्या गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै पाकिस्तानी अखबार डनले जनाएको छ । शहरका पुलिस एसएसपी सरफराज नवाज शेखका अनुसार चारै जना सामाजिक संजालमा, खासगरी टिकटकमा सक्रिय थिए । मृतकहरु मुस्कान र आमिर साथीहरु रहेको बताइएको छ । अधिकारीका अनुसार मुस्कानले आमिरलाई सोमबार राती भेट्नका लागि बोलाएकी थिइन् । आमिरले एउटा गाडीको व्यवस्था गरेर आफ्ना साथीहरु रेहान र सज्जादलाई पनि साथमै लिएर मुस्कानलाई भेट्न गएका थिए । चारै जना शहरमा घुमिरहेका थिए र त्यस क्रममा टिकटक पनि बनाइरहेका थिए । उनीहरु गाडीमै घुमिरहेको बेलामा बिहान ४ बजेर ४८ मिनेटको समयमा उनीहरुमाथि आक्रमण भएको थियो । महिलाको कारभित्र मृत्यु भयो भने अन्य तीन जनाको कारबाहिर मृत्यु भएको थियो । उनीहरुलाई अस्पताल लगिएको भए पनि उनीहरुको मृत्यु भइसकेको थियो । पुलिसका अनुसार हत्याको कारण आपसी शत्रुता हुन सक्ने अनुमान गरिएको छ तर अहिलेसम्म हत्याको उद्देश्य स्थापित भइसकेको छैन । एसएसपी शेखका अनुसार अहिलेसम्म कुनै प्रत्यक्षदर्शी भेटिएका छैनन ।


Last Updated on: February 8th, 2021 at 7:20 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया