बुधबार ०३ कार्तिक २०७८

वास्तुको नियममा घरको विषयमा थुप्रै कुरा समावेश छन् । घरमा हरेक स–साना चिजको विषयमा वास्तुको महत्व अत्यधिक हुन्छछ । यदि घरमा कुनै प्रकारको वास्तु दोष छ भने घरमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । साथै घरको सुख–समृद्धिमा पनि बाधा आउँछ । यद्यपि, दैनिक हाम्रो घरमा प्रयोग हुने चिजलाई ठिक गरेर वास्तु दोषलाई हटाउन सकिन्छ। हामी सबैको घरमा फिटकिरीको प्रयोग कुनै नै कुनै बेला पक्कै भएको छ । तर के तपाईंलाई थाहा छ ? घरको वास्तु दोष हटाउनका लागि फिटकिरीको प्रयोग गरिन्छ ? यस्तोमा हामी तपाईंलाई यसैबारे जानकारी दिँदै छौं कि फिटकिरीमार्फत् घरको वास्तु दोषलाई कसरी कम गर्न सकिन्छ भनेर ।

फिटकिरीबाट यसरी हटाउनुहोस् वास्तु दोषः

यदि फिटकिरीलाई सही दिशा वा सही स्थानमा राख्ने हो भने यसले वास्तु दोष हटाउने काम गर्छ साथै आर्थिक समस्या पनि केही हदसम्म ठिक हुन्छ । यदि घरको झ्याल वा ढोका नजिकै तपाईं फिटकिरी राख्नुहुन्छ भने तपाईंको घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।

यदि तपाईंको घर वरिपरि भग्नावशेष भइसकेको घर छ भने तपाईं आफ्नो घरको ढोका नजिकै फिटकिरी पक्कै पनि राख्नुहोस्, यसले नकारात्मक ऊर्जा नष्ट हुन्छ । साथै, यदि घरको वरिपरी चिहान छ भने पनि फिटकिरीको प्रयोग गर्नुहोस्।

साथै एउटा कचौरामा फिटकिरी राखेर बाथरुममा राख्नुहोस् । हरेक महिना यो परिवर्तन गर्नुहोस् । बाथरुमबाट पनि दूषित पदार्थ निस्कने भएकोले फिटकिरीले यहाँको ऊर्जा पनि शुद्ध गराउने मान्यता राखिन्छ ।

एउटा कालो कपडामा फिटकिरी बाँधेर राख्नुहोस् । यसलाई यसरी राख्नुहोस् कि घरमा आउने कुनै पनि व्यक्तिको नजर यसमाथि नपरोस् । यस्तो गर्दा घरमा कहिले पनि धनको कमी हुँदैन ।


Last Updated on: February 8th, 2021 at 10:34 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया