मंगलबार ०९ कार्तिक २०७८

साउथ सुपरस्टार प्रभास ब्याक टु ब्याक थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहेका छन् । तर यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले निगरानी गरिरहेका हुन्छन् । प्रभास साउथ सिने जगतका मोस्ट ह्यान्डसम ब्याचलर मानिन्छन् । यता नायिका अनुष्का शेट्टी पनि अहिलेसम्म अविवाहित छिन् । यी दुईले थुप्रै फिल्ममा काम पनि गरेका छन् । बाहुबलीमा यी दुईको जोडीले त तहल्का नै मच्चाएको थियो ।

त्यतिबेला देखि नै प्रभासको नाम तेलुगु फिल्मकी लेडी सुपरस्टार भनिने नायिका अनुष्का शेट्टीसँग नाम जोडिने गरिन्छ। यद्यपि, यी दुईले आफूहरु एक राम्रा साथी मात्रै भएको बताउने गर्छन् ।

तर हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ ।

भारतीय मिडियामा प्रकाशित खबरलाई विश्वास गर्ने हो भने प्रभास अब चाँडै नै विवाहको तयारीमा छन् । टलिउड डट नेटको रिपोर्टलाई विश्वास गर्ने हो भने प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा छन् । यो एक मागी विवाह हुनेछ । यसका लागि दुबैको परिवारबीच कुराकानी पनि सुरु भइसकेको छ । प्रभासले यो सम्बन्धका लागि हरियो झण्डा पनि देखाएको खबरमा उल्लेख छ । यससँगै साउथ सुपरस्टारको विवाहको तयारीका लागि परिवार लागीपरेको पनि बताइन्छ ।


Last Updated on: February 8th, 2021 at 11:30 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया