आइतबार १७ साउन २०७८

एजेन्सी । माया त माया नै हो । चाहे त्यो एकतर्फि होस् या दुईतर्फी नै किन नहोस् । यदि साँचो माया गरिन्छ भने त्यो माया नै अमर भईरहन्छ । बलीउडका कलाकार संजीव कुमारको पनि माया हेमा मालिनीकोलागी अमर नै भईरह्यो । संजीव ती कलाकारहरुमा पर्ने गर्दथे जस्को अभिनयले धेरैको मन जीतेको थियो ।

१९ जुलाई १९३८ मा गुजरातको सूरतमा उनको जन्म भएको थियो । प्रोफेशनल लाईफमा उनलाई धेरै नै नाम, काम र दाम मिलेको थियो । उनीद्धारा अभिनित सबै फिल्महरुले सफलता नै पाएका हुन्थे । तर उनको व्यक्गित कुरा गर्ने हो भने उनी निकै नै सादगीले भरिएको व्यक्तित्व थिए ।

संजीव कुमारको लाखौं फ्यानहरु थिए । तर यसका बाबजुद पनि उनको जीवनमा कहींकतै खाली पन सधैं भईरह्यो । उनको व्यक्तिगत जीवन धेरै नै दुःखले भरिएको थियो । उनले मायाले कुनै पंख फैलाउनै सकेन । सायद त्यसैले होला उनले कहिल्यै पनि विबाह नै गरेनन् । संजीव कुमार बलीउडकी ड्रीम गर्ल हेमा मालिनीलाई माया गदर्थे । उनले हेमालाई आफ्नो माया जताउँदै प्रस्ताव पनि राखेका थिए ।

तर दुर्भाग्य उनको । हेमाले उनको प्रस्तावलाई स्वीकार गरिनन् । उनले पहिलो प्रेम नै हेमालाई गरेका थिए । जब हेमाले उनको प्रस्तावलाई अस्वीकार गरिन् । त्यसपछि भने संजीव कुमारले हेमाकै नाम आफ्नो जीवन समपर्ण गरि दिए । र आजीवन अविबाहीत नै बसे । संजीव कुमार बलीउडको कई उत्कृष्ट फिल्महरुका हिस्सा बनें । उनले फिल्म हम हिंदुस्तानीबाट डेब्यू गरेका थिए । यो फिल्ममा उनको सानो भूमिका थियो ।

त्यसपछि उनी निशान फिल्ममा लिड रोलमा देखिए । उनी खिलौना, ये है जिन्दगी, नया दिन नई रात, देवता, इतनी सी बात, उलझन, पति पत्नि, अंगुर, आँधी, सीता र गीता अनि आपकी कसम जस्ता फिल्ममा अभिनय गरेका थिए । मुटु रोगी भएको हुनाले संजीव कुमारले ४७ वर्षको उमेरामा नै बलीउडसंगै यो दुनियाँलाई नै अलबिदा गरेका थिए ।


Last Updated on: February 8th, 2021 at 8:18 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया