आइतबार ३० जेठ २०७८

नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा निर्माणाधीन माझी बस्तीबाट हात झि’केकी छन् । श्वेताश्री फाउण्डेसनको अगुवाइमा नायिका श्वेताले ५३ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गरेर २०७४ जेठ १५ बाट निर्माण सुरु गरेकी थिइन् । तर, हालसम्म सो बस्ती निर्माण सम्पन्न भइसकेको छैन ।

सोही समयमा बस्ती निर्माणमा जुटेका कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चारवटा एकीकृत बस्ती निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरणपछि चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । तर, नायिका श्वेताले थालेको माझी बस्ती निर्माण सम्पन्न भएको छैन । जसको चौतर्फी आ’लोचना भइरहेको छ ।

बस्ती निर्माण सम्पन्न गर्न नसकेकी उनले करोडौँ खर्चेर विवाह र पार्टी गरेको तथा एक क्लवमा भएको झ’गडा’मा उनको उपस्थिति रहेको समाचार सार्वजनिक भएपछि उनलाई झनै आ’लो’चित बनाएको छ ।

त्यसमाथि धुर्मुस सुन्तलीको अभियानसँग आफूलाई दाँजेर माझी बस्ती निर्माणका लागि सहयोग आह्वान गरेपछि उनको अभियानबारे सबैको चासो र जिज्ञासा बढ्यो । तर, उनले सहयोग मागिरहँदा सो बस्ती निर्माणबाट उनले हात झि’किसकेको खुलेको छ ।

माझी बस्ती निर्माणबाट बाहिरिन् श्वेता

श्वेताश्री फाउण्डेसनको अगुवाइमा नायिका श्वेताले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४स्थित इन्द्रावती नदी किनाराका माझी परिवारका लागि एकीकृत माझी बस्ती निर्माणको १५ जेठ २०७४ मा शिलान्यास गरेकी थिइन् । तर, निर्माण सम्पन्न नहुँदै उनले हात झिकेको खुलेको हो ।

निर्माण सम्पन्न नभएको माझी बस्ती ऋणमा डुबेको भन्दै यही माघ २० गते सामाजिक सञ्जाल फेसबुकबाट नायिका श्वेताले आर्थिक सहयोगका लागि सार्वजनिक रुपमा अपील गरेकी थिइन् ।

तर, उनी सो बस्ती निर्माण अभियानबाट बाहिरिसकेकी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले क्यानडानेपाललाई जानकारी दिए । श्वेताले माझी बस्ती निर्माणबाट हात झिकिसकेकी छन्’, उनले भने, तर माझी बस्ती निर्माण भने उनको भिजनमा बनेको हो ।’ श्वेताश्री फाउन्डेशनले माझी बस्ती निर्माणबाट हात झि’केसँगै पुनर्निर्माण प्राधिकरणले सो बस्ती बनाउन थालेको उनले जानकारी दिए ।

बस्ती ऋणमा डु’बेको छैन

नायिका श्वेताले माझी बस्ती ऋणमा डु’बेको भन्दै सार्वजनिक रुपमा सहयोगको अपील गरेकी थिइन् । तर, सो बस्ती ऋणमा नडु’बेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले जानकारी दिए ।

माझी बस्ती ऋणमा डुबेको भन्दै नायिका श्वेताले सहयोगको अपील गरेकी छन्, कति ऋण लागेको छ ? भन्ने जिज्ञासामा मेयर तामाङले भने, ‘माझी बस्ती ऋणमा डु’बेको भन्ने मलाई लाग्दैन ।’ किन ? पुनः जिज्ञासा राख्यो । ‘माझी बस्तीका लागि सरकारकाले दिएको प्रत्येक घरका लागि तीन लाख, स्थानीय निकाय, जिल्लास्तरलगायतबाट आर्थिक सहयोग भएको छ’, मेयर तामाङले जवाफ दिए ।

उनले भनेजस्तै सो नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले पनि सो बस्ती निर्माणका लागि भूकम्प पीडितले पाउने प्रत्येक परिवारको तीन लाख रुपैयाँ, नगरपालिका र जिल्ला इकाइ कार्यान्वयनले पनि आर्थिक सहयोग गरेको जानकारी दिइन् । साथै सो बस्ती निर्माणका लागि विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा आर्थिक सहयोग भएको छ ।

श्वेतासँग सम्पर्क हुन सकेन

श्वेताश्री फाउन्डेसनले माझी बस्तीबाट हात झिकेको मेयर तामाङले बताए पनि यसबारे श्वेता खड्काको कुनै धारणा सार्वजनिक भएको छैन । श्वेताश्री फाउन्डेसनले बस्ती निर्माणबाट हात झिकेको भन्ने विषयमा थप बुझ्न गरेको श्वेतासँग सम्पर्क गर्ने प्रयास असफल भयो । उनले बोक्दै आएको दुईवटा मोबाइल नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन । यसर्थ सो माझी बस्ती निर्माणबाट श्वेताश्रीले हात झिकेको भन्ने स्थानीय तहले दिएको जानकारीलाई श्वेता खड्काबाट भने थप पुष्टि गर्ने प्रयास सफल हुन सकेन । बाँकि रिपोर्ट तल भिडियोमा हेर्नुहोस


Last Updated on: February 8th, 2021 at 9:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया