शुक्रबार ०४ आषाढ २०७८

लामो समयदेखि नेपालमा राजनीतिक स्थिरता र विकासले गति लिन सकेको छैन । जतिसुकै शक्तिशाली प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरे पनि परिणाम शून्य नै देखिएको छ । पछिल्लो समय नयाँ बानेश्वरस्थित बि.आई सि.सि भवनलाई सांसद भवन बनाए पछि उक्त भवनबाट सबैभन्दा धेरै नेपालको आर्थिक स्थिति कमजोर हुन पुग्यो ।

नेपालमा लामो समयदेखि वास्तु शास्त्रको खोज तथा अनुसन्धानमा लागिरहेका वास्तुविद् सुरेशचन्द्र रिजाल “शिव”ले प्रधानमन्त्री तथा सांसद भवनको वास्तु नमिलेको कारणले गर्दा बारम्बार देशमा राजनीतिक सङ्कट देखा परिरहेको जानकारी गराएका छन् । देशको प्रगतिका लागि वास्तु मिलाउनु अपरिहार्य छ ।

वास्तु नमिल्दा भाग्य र कर्मबाट प्राप्त सफलता निष्क्रिय हुन पुग्दछ । हामीले सानो- सानो कुरा ख्याल नगर्दा त्यसको परिणाम सकारात्मक भन्दा पनि नकारात्मकतामा वृद्धि हुँदै जान्छ र त्यसले समग्र क्षेत्रमै प्रभाव पारिरहने वास्तुविद्ले जानकारी गराएका छन् ।

वास्तु शास्त्रले जग्गाको बनावट तथा उँचाइको आधारमा काम गर्ने गर्दछ । हाम्रो देश नेपालमा हिमाल,पहाड र तराई गरी तीन भागमा विभाजन भएको भूमि छ । त्यसैले वास्तु शास्त्रले उँचाइको आधारमा काम गर्ने भएकाले काठमाडौँ पहाडी भू बनोटमा बनेको जग्गा हो । वरिपरि पहाड र बिचमा खाल्टो अर्थात् कचौरा आकारमा बनेको भूमि हो ।

यस्तो जग्गाको लागि छुट्टै प्रकारको वास्तु शास्त्रको नियम लागु हुने गर्दछ । पछिल्लो समयमा वास्तु मिलाए भवन बनाउने प्रचलन बढ्दै गएता पनि पुराना संरचना वास्तु संम्बत नमिलेको उनको तर्क छ । प्रधानमन्त्री बस्ने बालुवा टारको भवन पनि मिलेको छैन । प्रधानमन्त्री निवासको छेउछाउको ऊर्जा एकदमै कमजोर छ।

जति पनि प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरे पनि निस्कने बेला अपजस, आलोचना तथा रोगी भएर निस्कने गरेको विगतका प्रधानमन्त्री हरूको इतिहास बाट पनि अनुमान लगाउन सकिन्छ । कतिपय अवस्थामा स्थानान्तरण गरेपछि पनि राम्रो भएका धेरै उदाहरण छन् ।

विशेष गरी उत्तर या पूर्वी दिशातर्फ प्रधानमन्त्री निवास र सांसद भवन सारेमा नेपालले गतिलो लिडर पाउने रिजालको तर्क छ । अहिलेको सांसद भवन पनि गोलाकार आकारमा बनेकाले पनि शुभ छैन यस्तो भवनमा बसोबास गर्नेलाई अपमान,तिरस्कार आर्थिक नोक्सानी बाहेक केही प्राप्त नहुने उल्लेख गरिएको छ ।

वास्तुका हिसाबले गोलाकार आकारमा बनेको भवनबाट शुभ भन्दा पनि अशुभ फल नै हुने शास्त्रमा उल्लेख गरिएको छ । स्थायी शान्ति र दिगो विकाशका लागि वास्तुसम्बत भूमिमा बसेर कारोबार गर्नु अपरिहार्य छ ।


Last Updated on: February 8th, 2021 at 11:18 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया