बिहिबार २१ साउन २०७८

पढाईमा हानी नहोस्, त्यसैले अभिभावकले बच्चालाई मोबाइल फोन दिएका थिए । तर सही तरिकाले निगरानी नभएको दुष्परिणाम अहिले देखिएको छ । हालै यस्तो घटना पुणेमा देखिएको छ । यहाँ १३ वर्षका एक किशोरले सामान्य झगडामा ११ वर्षका बच्चाको हत्या गरेका छन् । प्रहरीले अनुसन्धान गर्दा अचम्मित पारिदिने परिणाम सार्वजनिक भएको छ ।
हत्या गर्ने किशोरले दृश्यम फिल्मलाई डाउनलोड गरेर बारम्बार हेरेका थिए र घटना घटित गराएका थिए । यतिमात्रै होइन, प्रहरीका अनुसार सडकमा अनावश्यक रुपमा गाडी तोडफोड गर्ने मामिलामा पनि थुप्रै बालबालिका–किशोर किशोरी समावेश भएको पाइए । प्रहरीको अनुसन्धानमा पत्ता लागे अनुसार बालबालिकाले स्मार्टफोनको अत्यधिक प्रयोग गरिरहेका छन् र तत्काल चर्चित हुनका लागि उनीहरुल कुनै पनि हद पार गर्न चाहन्छन् ।

यसै सिलसिलामा भारतका पुलिस कमिश्नर सुरेन्द्र देशमुख भन्छन्, ‘शहरमा धेरैजसो अभिभावक जागिर खानका लागि घरबाट बाहिर हुन्छन् । उनीहरुलाई थाहा नै हुँदैन कि बच्चाले मोबाइलमा के हेरिरहेका छन्, कस्तो व्यवहार गरिरहेका छन्, उनीहरुका साथीहरु को छन्, कस्ता छन् । त्यसैले अभिभावक जागरुक हुन असाध्यै आवश्यक छ ।’

विख्यात साइबर साइकोलोजिस्ट निराली भाटियाले पनि यसबारे प्रतिक्रिया दिएकी छिन् ।

उनी भन्छिन्, ‘अभिभावकले आफ्ना सन्तानको अनलाइन गतिबिधिमाथि निगरानी राख्नुपर्छ । विशेषगरी किशोरमा । गुगलको फ्यामिली लिंक जस्तो एपबाट सहज रुपमा मोनिटरिङ हुनसक्छ । अभिभावकलाई यो थाहा हुनु पर्छ कि उनीहरुको बच्चाले इन्टरनेटमा कति समय बिताइरहेका छन्, के हेरिरहेका छन् । कति बेर च्याटिङ र गेम खेल्छन् । तर यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ कि तपाईंले उनीहरुको जासुसी गरिरहनुभएको छ भन्ने उनीहरुलाई भान नहो् । त्यसैले मोबाइल यस्तो स्थानमा राख्नुहोस् जहाँ हरेक समयमा तपाईं नजर होस्।’

बच्चाको हरेक अनलाइन एक्टिभिटीमा समावेश हुनुहोस् । उनीहरुलाई बताउनुहोस् कि राम्रो र खराब कन्टेन्टबीच के फरक छ । केही गलत गरेका छन् भने सम्झाउनुहोस् किनभने एपले त त्यतिबेला मात्रै काम गर्नेछ जब मोबाइल अन हुनेछ वा बच्चासँग हुनेछ । गाली गलौज गर्दा बच्चाले मोबाइल बन्द गर्न सक्छन् र त्यसलाई कतै छोडेर तपाईंलाई झुक्याइरहेका पनि हुनसक्छन् ।’

यसरी गर्नुहोस् नियन्त्रणः लोकेशन थाहा पाउनुहोस्, समय सीमा निश्चित गर्नुहोस् र रिपोर्ट पनि हेर्नुहोस्

गुगल फ्यामिली लिंक एप डाउनलोड गरेर त्यसको सेटिङमा जानुहोस् । यसको लोकेशन, टाइमिङ, रिपोर्टमा क्लिक गर्नुहोस् । यो तपाईंको मेलसँग लिंक अप हुनेछ । अभिभावकले यसमार्फत् गतिविधिलाई नियन्त्रण गर्न सक्नेछन् ।

– जतिबेला पनि बच्चाको लोकेशनबारे थाहा पाउन सक्नुहुन्छ

– इन्टरनेट प्रयोगको समयसीमा निश्चित गर्नुहोस् । अर्थात्, कति बजेदेखि कति बजेसम्म ताकि अबेर राती उनीहरु च्याटिङ नगरुन् ।

– उनीहरुको इन्टरनेट उपयोगको रिपोर्ट पनि लिन सक्नुहुन्छ

– मोबाइलमा कुनै पनि एपलाई अनुमति दिन सक्नुहुन्छ वा ब्लक पनि गर्न सक्नुहुन्छ ।

– अर्थात्, बच्चाले त्यो एपमात्रै प्रयोग गर्न सक्नेछन् जसलाई तपाईं अनुमति दिनुहुनेछ ।


Last Updated on: February 9th, 2021 at 8:19 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया