मंगलबार ०९ कार्तिक २०७८

चीनकी लोकप्रिय नायिका गाओ लियुले हालै आफूमाथि भएको एक त्रासदीपूर्ण घटनालाई आफ्ना प्रशंसकसँग साझा गरेकी छिन्। २४ वर्षकी लियुले केही समय अघि आफ्नो नाकको शल्यक्रिया गराएकी थिइन् तर यो शल्यक्रियाका लागि उनले ठूलो मूल्य चुकाउनु परेको छ । लियुले चीनको ट्वीटर जस्तो प्लेटफर्म वाइबोमा आफ्नो तस्बिर सेयर गरेकी छिन् । यो प्लेटफर्ममा नायिकाका ५० लाखभन्दा बढी फलोअर्स छन् ।

चीनको थुप्रै फिल्म र टिभी शोमा काम गरिसकेकी नायिकाले आफ्नो पोस्टमा लेखिन्, ‘चीनको गुवाङ्झाउ शहरमा एक क्लिनिकबाट नाकको शल्यक्रिया गराएकी थिएँ र मेरा साथीले मलाई यो क्लिनिकको प्लास्टिक सर्जनसँग भेट गराएका थिए । यो प्लास्टिक सर्जरी शल्यक्रिया चार घण्टासम्म चलेको थियो तर मैले अलिकति पनि सोचेकी थिइनँ कि यी चार घण्टापछि मेरा लागि नयाँ समस्या निम्तिनेछ ।’

उनले प्लास्टिक सर्जरी गरेपछि उनको लुक्स राम्रो हुने र उनले फिल्ममा राम्रो अवसर पाउने सम्भावना बढ्ने सोचेकी थिइन् । यद्यपि, आफ्नो नाकको निकै सानो शल्यक्रिया गर्दा पनि उनको नाकमा संक्रमण भयो तत्पश्चात् उनले थुप्रै फलोअप सर्जरी गराउनुपर्यो र अब उनको नाकको हालत यस्तो भइसकेको छ।

पछि नायिकालाई थाहा भयो कि प्लास्टिक सर्जरीको यो अस्पताल नाकको शल्यक्रियाका लागि दक्ष थिएन । यसै कारण उनी दुई महिनासम्म अस्पताल भर्ना हुनु पर्यो । उनले यसका कारण ४५ हजार पाउन्डको खर्च व्यवहोर्नुपर्यो र आफ्नो करियरमा कन्ट्र्याक्ट तोडेका कारण २ लाख पाउन्डको पनि हानी पुग्यो । हाल यी नायिका यो क्लिनिकसँग आफ्नो क्षतीपूर्तिका लागि संघर्ष गरिरहेकी छिन् ।

चीनको मार्केट रिसर्च फर्म आइआइ मिडियाका अनुसार प्लास्टिक सर्जरीको मार्केट चीनमा फस्टाउँदो छ र अघिल्लो वर्ष यो देशमा लगभग डेढ करोड मानिसहरुले प्लास्टिक सर्जरी गराएका छन् । यद्यपि, बढ्दो मागका कारण थुप्रै क्लिनिक यस्ता पनि छन् जसले सर्टिफिकेट र विज्ञता बिना नै यस्ता संवेदनशील शल्यक्रिया गरेर थुप्रैलाई हानी पुर्याइरहेका छन् ।


Last Updated on: February 9th, 2021 at 9:02 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया