मंगलबार १९ साउन २०७८

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ ।

ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताउनुभयो । ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिनुभयो । घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिनुभयो ।

भूकम्प कसरी आउछ त ?

पृथ्वीभित्र धेरै प्लेटहरू हुन्छन् जुन समयसमयमा विस्थापित हुन्छन् । यस सिद्धान्तलाई अंग्रेजीमा प्लेट टेक्नोनिक्स भनिन्छ । यस सिद्धान्तका अनुसार पृथ्वीको माथिल्लो तह ४० किलोमिटर मोटो हुन्छ ।

क्रस्टमा विभिन्न प्लेट हुन्छन् । सामान्य रूपमा ती प्लेटहरू १० देखि ४० मिमि प्रतिवर्षका गतिले गतिशील रहन्छन् तर कुनै प्लेट १६० मिमिसम्म गतिशील रहन्छन् । प्लेटहरू एकआपसमा ठोकिन्छन् र यसबाट पृथ्वी विस्तापित हुन्छ जब ती प्लेटहरू गतिशील हुन्छन् तब तिनीहरू एकआपसमा ठोकिन्छन् । ती प्लेटहरू ठोक्किनाले तरंगहरू उत्पन्न हुन्छन् । यसरी प्लेटहरू ठोक्किदाको परिणाम सुरु ज्वालामुखी पनि उत्पन्न हुन सक्छ ।

प्लेट टेक्नोनिकको यस सिद्धान्तअनुसार पृथ्वीको माथिल्लो तहको रूपमा स्पिन स्थलमण्डल जसमा क्रस्ट र माथिल्लो मेन्टलको केही भाग संलग्न हुन्छन् जसलाई प्लेट भनिन्छ ।

मुख्य रूपमा सातवटा प्लेटहरूले भूकम्पलाई नतिजा दिन्छन् । सामान्यतया ती प्लेटहरूमा ठूलो प्लेटको संख्या सात मानिन्छ । त्यसबाहेक कुनै सामान्य र कुनै सानो आकारका प्लेटहरू पनि हुन्छन् । ती प्लेटहरू मुख्य रूपमा अफ्रिकी प्लेट युरेसियाई प्लेट, उत्तर अमेरिकी प्लेट, प्लेटु, दक्षिण अमेरिकि प्लेट, प्रशान्त प्लेट हिन्दुअस्ट्रेलियाई प्लेटहरू हुन् ।

भूकम्प पृथ्वीको प्लेटहरू एकआपसमा ठोक्किनाले उत्पन्न भएको ऊर्जाका कारण आउँछ । ती प्लेटहरू ठोक्किनाले सिस्मिक तरंगहरू उत्पन्न हुन्छन् जुनचाहिँ भूकम्पको मुख्य कारण हो ।

भूकम्प नाप्न सिस्मोमिटरको प्रयोग गरिन्छ । भूकम्पको अध्ययनलाई सिस्मोग्राफी भनिन्छ । भूकम्प रिक्टर स्केलमा नापिन्छ । रेक्टर स्केलको अविष्कार वैज्ञानिक चाल्र्स फ्रान्सिस रिक्टरले गरेका थिए । ३ अथवा यसभन्दा कम रिक्टरको भूकम्पले धेरैजसो केही क्षति पु-याउँदैन । तर, ७ वा ७ भन्दा माथिको तीव्रताको भूकम्पले नेपालजस्तो कमजोर संरचना बनाएका देशमा पूर्ण क्षति निम्त्याउन सक्छ ।


Last Updated on: February 9th, 2021 at 11:22 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया