सोमबार ३१ जेठ २०७८

अवैध लागूऔषध सहित एकजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारीबाट सानो दमारबाट करिब १ सय २१ केजी अवैध लागूऔषध गाँजा सहित सिरहा धनगढीमाई जिरोमाईल बस्ने उदयपुर ताप्ली निगलबास भएका ४१ वर्षीय सन्त बहादुर मगर पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरीले स.१ च ८०४ नम्बरको बोलेरो जाँच गर्दा अदुवाको बोराले छोपी लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित सवारी धनी सन्त बहादुरलाई पक्राउ गरेको जनाएको छ ।

सवारी चालक ताप्लीका २१ वर्षीय हेम बहादुर मगर, सोही गाउँपालिका–१ जोरढुङगा बस्ने शम्भु मगर र अर्का १ जना अपरिचित पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।


Last Updated on: February 9th, 2021 at 3:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया