मंगलबार ०८ आषाढ २०७८

नेकपाको प्रचण्ड–नेपाल समूहले भोलि बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

यही माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनको रुपमा आमसभा गरेको सो समूहले भोलि बुधबार पनि शक्ति प्रदर्शन गर्न लागेको हो । यसको व्यापक तयारी थालेको सो समूहको मंगलबार बैठक बसेको छ ।

कोटेश्वरको पेरिसडाँडामा बसेको सो समूहको बैठकमा नेता झलनाथ खनालले बुधबारको शक्ति प्रदर्शनमा तीन लाख बढी मानिस सहभागी हुने जानकारी गराएका छन् ।

सरकारविरुद्ध काठमाडौंबासी भित्रभित्रै आन्दोलित भइरहेको बैठकलाई ब्रिफिङ गरेका नेता खनालले बुधबार हुने सभामा उनीहरु उपस्थित हुने दाबी गरे ।

शक्तिवानहरुको शक्तिहिन प्रदर्शन शक्तिवानहरुको शक्तिहिन प्रदर्शन

प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै समूहले छुट्टाछुट्टै राजनीतिक कार्यक्रम गरेर एकअर्काविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

प्रतिनिधि सभाविघटन गरेर प्रधानमन्त्री ओली असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध प्रचण्ड–नेपाल समूह आन्दोलित भएको हो । यता ओली समूह निर्धारित मितिमा चुनाव हुने भन्दै तयारीमा जुटेको बताएको छ ।

ओली समूहले पनि यही माघ २३ नारायणहिटी दरबार अगाडि आमसभाको आयोजना गरेको थियो ।


Last Updated on: February 9th, 2021 at 4:26 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया