आइतबार १९ मंसिर २०७८

काठमाडौं । हामिलाई थाहा नभएका विश्वमा धेरै अनौठा जीवहरु छन् । यस्तै समुन्द्रमा पनि विभिन्न प्रजातीका अनौठो जीवहरु पाइन्छन् ।

तपाईलाई ह्वेल माछाको बारेमा त थाहाँ नै होला। यस्तो ह्वेलमाछा जसको एउटा दाँत नै एक किलो भन्दा बढी हुन्छ । स्पर्म ह्वेलको दाँत निके ठुलो हुन्छ । स्पर्म ह्वेलका दाँत २० देखि २६ वटा हुन्छन् । हरेक दाँतको लम्बाई १० देखि २० सन्टीमिटर हुने गर्छन् ।

मानिसहरुले यो ह्वेलको दाँतको लागि शिकार गर्छन् । जसका कारण यो स्पर्म ह्वेल अहिले दुर्लभ भइसकेको छ ।

यसको दाँत पनि करोडौँ रुपैयाँ पर्ने बताइएको छ । यो ह्वेलको शिकार पैसाको लागि मात्र नभई विवाहको लागि पनि गर्छन् ।

द्वीप समूह फिजीमा विवाहमा युवतीका पिता आफ्ना हुनेवाला ज्वाईसँग ह्वेलको दाँत माग्ने चलन छ ।

परापूर्वकालदेखि चल्दै आएको यो चलनमा ह्वेलको दाँत माग्ने गरिन्छ । तबुआको नामबाट प्रचलित यो चलन १८ औँ शताब्दीदेखि चल्दै आएको बताइन्छ ।


Last Updated on: January 11th, 2021 at 8:17 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया