आइतबार ३० जेठ २०७८

सञ्चारकर्मी रवि लामिछाने बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कारबाहीको माग राखेका छन् ।

उनको न्यायको मागसहित बैतडी पुगेको सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन । उनले फेसबुकमा लेखेका, ‘भागरथी नानीको न्यायको लागि हामी बैतडीमा, जागौँ सबैजना !’

भागरथी हत्याका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । उनको बलात्कार पछि हत्या गरिएको पुष्टि भएको छ । घटनालाई लिएर विभिन्न राजनीतिक दल तथा स्थानीयले न्याय माग्दै प्रदर्शन जारी राखेका छन ।


Last Updated on: February 10th, 2021 at 5:48 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया