शुक्रबार ०४ आषाढ २०७८

नक्कली सुन दिएर एक व्यक्तिसँग ५५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । गत माघ ११ गते काठमाडौंको ताहाचलमा बस्ने एक व्यक्तिलाई १ किलो पहेलो धातुलाई सक्कली सुन हो भनेर ठगी गर्नेहरुलाई पक्राउ गरेको अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे घर भएका काठमाडौंको माछापोखरी बस्ने ३२ वर्षीय सन्त बहादुर लामा, तारकेश्वर शान्ति टोल बस्ने नुवाकोटका ४५ वर्षीय ऋषिमान घले, ३५ वर्षीय जित भन्ने मेख तामाङ, २० वर्षीय चन्द्र भन्ने जेरि तामाङ र जरङगु बस्ने २६ वर्षीय राज तामाङ तथा झापा घर भएका ताहाचल बस्ने ५३ वर्षीय पप्पु भन्ने अभय कुमार चौधरी रहेका छन् । उनीहरुलाई अपराध महाशाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट ९ लाख ५० हजार रुपैयाँ सहित २ वटा मोटरसाइकल र ५ वटा मोबाइल प्रहरीले बरामद गरेको छ । उनीहरुलाई थप थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।


Last Updated on: February 10th, 2021 at 6:31 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया