शनिबार ३० आश्विन २०७८

हाम्रो शरीरको सबैभन्दा ठुलो अंग छाला हो । शरीरको रक्त प्रणालीले छालामा प्रयोग हुने सबै चिजलाई सोस्दछ । छालामा प्रयोग गरिने सौन्दर्य प्रशाधनमा पनि विभिन्न किसिमका रसायनहरुको प्रयोग गरिएको हुन्छ । जसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्दछ । यसका साथै छालाको क्यान्सर जस्तो खतरनाक रोग पनि लाग्न सक्ने हुन्छ । त्यसैले यस्ता कुराहरुमा हामीले ध्यान पुर्याउन जरुरी छ । आज हामी तपाईलाई यस्ता ४ उत्पादनहरुको बारेमा जानकारी दिन्छौं । जसको प्रयोगले क्यान्सर लाग्न सक्ने सम्भावना रहन्छ ।

१. सनस्क्रीनस्गर्मी महिनामा मानिसहरुले सुर्यको पराबैजनी किरणबाट बच्नको लागि सनस्क्रीनको प्रयोग गर्ने गर्दछन । खासगरी महिलाहरुले यसको प्रयोग बढी गर्ने गर्दछन । तर सनस्क्रीनमा विभिन्न किसिमका रसायनहरु मिसाइएको हुन्छ । जस्तै : रेटीनल पाल्मीटेट , अक्सिबेन्जोन। यस्ता रसायनहरुले छालाको क्यान्सरका कारक घाउ तथा ट्युमरलाई बढाउनमा मद्दत गर्दछ ।

यो पनि पढ्नुहोस
पहिलो बच्चाको आमा हुनुहुन्छ ? उसोभए गर्दै नगर्नुहोस् यो गल्ती, नत्र…

रोग लाग्न नदिन बिहानै खाने गर्नुहोस् यी चिज, यस्ता रोगको खतरालाई…

समाधान : सनस्क्रीनमा लेखिएको कुरा पढेर मात्र यसलाई किनेर प्रयोग गर्नुहोस । प्रायगरी जिन्क सनस्क्रीनको प्रयोग राम्रो हुन्छ । सकेसम्म स्प्रे सनस्क्रीनको प्रयोग नगर्नुहोस । र यस्ता सनस्क्रीनको प्रयोग गर्नुभन्दा पहिला छालाको बिशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ ।

२.मस्कारा कुनै कुनै मस्कारामा नराम्रो गन्ध आउने गर्दछ । यसो हुनुको कारण विषाक्त रसायनहरुको प्रयोग हो । मस्कारामा प्रायजसो पोलीमर, पेत्रोल्याटम , फोर्मल्दिहाईद ,आलुमिनम , रेतिनायल एसीटेट , पाराबेंस , फ्रागरेंस जस्ता रसायनहरु पाइन्छन । जसले वृद्ध हुने प्रक्रियालाई बढावा दिन्छ

समाधान : यसको समाधानको लागि तपाइले अर्ग्यानिक मस्काराको प्रयोग गर्न सक्नुहुन्छ । मस्काराको प्रयोग ६ महिनाभन्दा बढी नगर्नुहोस ।


Last Updated on: February 10th, 2021 at 6:43 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया