सोमबार ०७ आषाढ २०७८

काठमाडौ । अनौपचारीक रुपमा नेकपा विभाजन भएपछि दुवै समुहका नेताहरु अहिले जिल्ला दौडाहामा छन् । दुई दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधनका लागि धनगढी पुगेका थिए भने अन्य केही नेता जिल्लामा कार्यक्रम गर्दै ब्यस्त छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुहका नेताहरु पनि गृहजिल्लामा राजनीतिक कार्यक्रम गर्न पुगेका छन् । यस्तै कार्यक्रममा सम्बोधन गर्न गएकी बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएको भन्दै भिडियो सार्वजनिक भएको छ ।

नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएको बताइएको छ । कार्यक्रममा सम्बोधन गर्न गएकी बेला स्थानीयहरूले बिना मगर मुर्दावाद भन्दै चर्को नाराबाजी लगाएको भिडियो सार्वजनिक भएको छ ।

स्थानीहरूले टायर बालेर कालो झन्डा समेत देखाएका छन् ।कालोझण्डा देखाउने स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो। प्रचण्ड(माधव नेपाल समुहको पछिल्लो रवैयामाथि असन्तुष्टि जनाउँदै स्थानीयहरूले चर्को नाराबाजी गरेका हुन्र।


Last Updated on: January 11th, 2021 at 1:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया