आइतबार ३१ आश्विन २०७८

पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसकोको मूल्य बढेको छ । बुधबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्याँसको मूल्य बढाएको हो ।

जारी विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमा दुई दुई रुपैयाँ बढाएको हो । त्यस्तै ग्याँसको मूल्यमा २५ रुपैयाँ बढेको हो। अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको ९५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै एलपी ग्याँसको मूल्य १४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य बुधबार राती १२ बजेबाट लागू हुनेछ।


Last Updated on: February 10th, 2021 at 10:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया