मंगलबार १९ साउन २०७८

ज्योतिष शास्त्रको पूर्वीय संस्कृतिमा उच्च महत्व छ । ज्योतिष मार्फत भूत तथा भविष्यका बारेमा अनुमान गर्न सकिन्छ भन्ने मत ज्योतिष शास्त्रका विज्ञहरूको रहेको छ ।

कतिपयले त ज्योतिषलाई मनोविज्ञान समेत भनेका छन् । कुनैपनि मानिसको जन्म समयलाई आधार मनेर मान्छेको शील स्वभाव कस्तो हुन्छ भन्ने समेत अनुमान गर्न सकिने बताइन्छ ।

यसै अनुसार ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार बिहान, दिउसो, साँझ तथा रातमा जन्मिनेहरू पनि भिन्न स्वभावका हुन्छ । यहाँ रातको समयमा जन्मिनेहरूको केही विषेशताहरू प्रस्तुत गरिएको छ ।

रातमा जन्मिनेहरू साहसी हुने भएकाले जोखिमपूर्ण काम गर्न रमाउँछन् ।
रातमा जन्मिनेहरूमा दृढता हुन्छ । उनीहरू गरेको काम अधुरो छोड्न रूचाउँदैनन् ।

केही मात्रामा रातमा जन्मिनेहरू अल्छी स्वभावका हुन्छन् । तर, उनीहरू कामको मामलामा परिपक्व हुन्छन् ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने स्वभाव भएका हुनाले रातमा जन्मिनेहरू भावनामा बग्ने भन्दा पनि विवेकको प्रयोग गरेर काम सिद्ध्याउँछन्।
कम बोल्ने भएका कारण रातमा जन्मिनेहरूको मन प्रायः अशान्त रहन्छ ।

रातमा जन्मिनेहरूमा रीसको मात्रा तुलनात्मक रूपमा बढी हुने गर्छ ।
रातमा जन्मिनेहरूमा रोगको त्रास अलि धेरै रहने गर्दछ ।


Last Updated on: February 10th, 2021 at 10:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया