शुक्रबार ०४ आषाढ २०७८

हिन्दु धर्ममा ईश्वरको दर्शन गर्नु महव्तपुर्ण मानिन्छ । धेरै मानिसले आफ्नै घरमा देवी देवताको मुर्ति राख्ने गर्छन् । यदि देवताको मुर्ति घरमा राख्ने हो भने विधि विधान अनुसार राख्नुपर्छ । आज हामी शिवलिंगलाई घरमा राख्ने नियमको बारेमा चर्चा गर्छौ ।

-ज्योतिषको अनुसार शिवलिंग पुजा गर्ने स्थानमा राख्नुपर्छ । यदि घरमा राख्ने हो भने विधि विधान अनुसार शिवलिङ्गको पुजा गर्नुपर्छ । यदि शिवलिङ्गलाई पु्जा गर्न सकिदैन भने घरमा राख्न हुँदैन ।

-शिवलिङ्गलाई कहिल्यै पनि एक्लै राख्न हुँदैन । गणेशको मुर्तिसँगै राख्दा शुभ मानिन्छ । यदि घरमा शिवलिङ्ग राखिएको छ भने सधै लिंगमाथि जलाधार गर्नुपर्छ ।

-शिवलिङ्गमा कहिल्यै पनि बेसार लगाउनु हुँदैन् । किनकी बेसारलाई महिलाले आफ्नो सुन्दरतामा निखारता ल्याउन पयोग गर्छन् । यसकारण बेसार शिवलिंगमा चढाउन हुँदैन ।

-शिवलिङ्गलाई पुजाकोठाको सधै पुर्व दिशामा राख्नुपर्छ । कहिल्यै पनि पुजा स्थान दम्पत्तिको कक्षमा हुनु हुँदैन् ।

-पुजा स्थल पवित्र हुनुपर्छ । त्यसैले पुजा स्थलमाथि शौचालय हुनुहुँदैन् ।

-पुजा कोठा बन्द गरेर राख्न हुँदैन् । यदि आफ्नै घरमा मन्दिर बनाएको भइ ताला लगाउन हुँदैन । भगवानलाई कहिल्यै पनि बन्द कोठामा राख्न हुँदैन भनिन्छ । ढोका खुल्ला गर्दा सधै सकरात्मक ऊर्जा प्रवाह हुन्छ । धार्मिक ग्रन्थको आधारमा


Last Updated on: February 11th, 2021 at 8:32 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया