मंगलबार ०८ आषाढ २०७८

पछिल्लो समयमा म्यूजिक भिडियोमा व्यस्त अभिनेता तथा मोडल पल शाह अभिनेता राजेश हमाललाई आफ्नो आदर्श मान्दछन् । उनी सञ्चारकर्मी तथा पत्रकारमाझ अभिनेता हमालसँग स्क्रिन शेयर गर्ने चाहना समय–समयमा व्यक्त गरिरहन्छन् । यिनै पलले अब पहिलोपटक अभिनेता हमालसँग स्क्रिन शेयर गर्ने भएका छन् ।

निर्देशक शंकर कार्कीले निर्देशन गर्ने फिल्म ‘सत्यम्’मा पल अनुबन्धित भएपछि हमालसँग स्क्रिन शेयर गर्ने उनको सपना पुरा हुन लागेको हो । यो फिल्ममा यसअघि अभिनेताद्वय हमाल र अनुपविक्रम शाही फाइनल भइसकेका छन् । पलले कथावस्तु र आफ्नो भूमिका मनपरेकाले फिल्म साइन गरेको खुलाए । फिल्ममा रेशम सापकोटाको लगानी रहनेछ । फिल्मको एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् ।
एक्सन जनरामा निर्माण हुने फिल्मका लागि निर्माण युनिटले अडिसनबाट कलाकार छनोट गर्दैछ । जसअनुसार काठमाडौं र पोखरामा अडिसन पुरा भइसकेको छ । भौतिक उपस्थितिमा अडिसन पुरा गरिसकेको फिल्म युनिटले अब भर्चुअल अडिसनको आव्हान गरेको छ । रेशम गौतम र कृष्ण अधिकारी सह–निर्माता रहेको फिल्ममा विदुर पाण्डेको डिओपी हुनेछ ।


Last Updated on: February 11th, 2021 at 9:00 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया