मंगलबार ०८ आषाढ २०७८

कोरोनाविरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपाललाई सात करोड ५० लाख अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ ।

विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद–जेर्भोसका अनुसार नेपाललाई खोप खरिदका लागि दिइने ऋण सहायता प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ । ‘विश्व बैंकले गर्ने आर्थिक सहयोग नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई आवश्यक पर्ने खोप खरिद गर्नका लागि प्रयोग गर्नसक्ने छन्,’ उनले भने । जेर्भोसका अनुसार नेपालले अन्तर्राष्ट्रिय मापदण्डबमोजिम विश्व बैंकले मान्यता दिएको कुनै पनि उत्पादकसँग आपसी समझदारीमा वा कोभ्यक्सबाट प्राप्त हुने खोप खरिद गर्नका लागि उक्त रकम प्रयोग गर्न सक्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलका अनुसार नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई)सँग २० लाख खोप खरिद गर्ने पक्कापक्की भइसकेको छ । उनका अनुसार विश्व बैंकले दिने भनेको ७५ मिलियन डलर मध्ये ६७.५ मिलियन डलर खोप खरिद गर्नका लागि हो भने बाँकी रकम खोपको व्यवस्थापनका लागि हो ।

डा। पोखरेलले स्वास्थ्य मन्त्रालयले सिरमसँग प्रति डोज खोप पाँच डलरभन्दा कममै खरिद गर्ने भएको हो । ‘हामीले सिरमले भारत सरकारलाई दिएकै मूल्यमा खरिद गर्न प्रस्ताव गरेका छौं । सिरमले थोरै माथि प्रस्ताव गरेको छ,’ उनले भने, ‘त्यसैले रकम तीन देखि पाँच डलरको बीचमा नै हुन्छ ।


Last Updated on: February 11th, 2021 at 2:13 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया