शुक्रबार ०४ आषाढ २०७८

राज्य विरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ पुर्जी दिएर नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राऊ गरेको छ । उनलाई पक्राउ गर्न प्रहरीले विहिवार देखि नै सादा पोशाकका प्रहरी वानेश्वर स्थित उनको निवासमा घेरेर बसेका थिए ।

मुलुकी अपराध संहिताको दफा ५८ (१) मा कसैले राष्ट्रपति वा व्यवस्थापिका (संसद्) लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास किसिमको ध म्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको द बाब दिन हुँदैन भन्ने उल्लेख छ। दफा २ मा उपदफा १ को कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

उनलाई महानगरीय प्रहरीले छलफलका लागि बोलाउँदा पनि उनी उपस्थ्ति नभएपछि प्रहरी उनलाई पक्राउ गर्न निवासमै पुगेको थियो । झाँक्रीलाई पक्राउ गर्न लागेको खबर पाएपछि उनका समर्थक पनि झाँक्री निवासमा भेला भएका थिए । उनीहरुले सरकार विरुद्ध चर्को नारावाजी गरेका थिए । झाँक्रीले यो राजनीतिक विषय भएकाले पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई भनेकी थिइन् ।

उनको माग अनुसार प्रहरीले पक्राउ पुर्जी दिएर उनलाई पक्राउ गरेको हो । अनेराश्ववियु नेता आरती लामाले झाँक्रीलाई प्रहरीले दिएको पक्राउ पुर्जी पढेर सुनाएकी थिइन् । झाँक्री निवास अगाडी केही वेर प्रहरी र प्रदर्शनकारीबीच घम्सा घम्सी भएको थियो । सो क्रममा एक जना घाइते समेत भएका छन् ।

यसअघि सोधपुछका लागि प्रहरी कहाँ नपुगे पक्राऊ गर्ने तयारी गरिएको थियो । अपराध अनुसन्धान महाशाखाले सोधपुछका लागि डाकेकोमा उनी जान मानेकी थिइन् । प्रहरी स्रोतले माथिबाटै आदेश आएकाले झाँक्रीलाई पक्राउ गरिएको हो ।

राष्ट्रपतिलाई लक्षित गरेर उनले दिएको अभिब्यक्ति विवादित बनेको थियो । गोरखामा उनले राष्ट्रपति विरुद्ध विवादित अभिब्यक्ति दिएकी थिइन् । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाएका थिए । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपाको ओली समूहबाट दबाब बढेको थियो ।


Last Updated on: February 11th, 2021 at 2:26 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया