मंगलबार १९ साउन २०७८

कञ्चनपुर । मुलुकमा महिलामाथिको हिंसाको घटना बढ्दा र कुनै छोरी चेली ब लात्कारको हुँदा आम नेपालीले पहिला लिने नाम बनेको छ– निर्मला पन्त । दुई बर्ष वित्यो कञ्चनपुरकी यि किशोरीको परिवारले न न्याय पाउन सक्यो नत निर्मलाको आ त्माले पनि शान्ति पाउन सक्यो । त्यसमाथि बैतडीकी भागरथी भट्टमाथि पनि उही नियति दोहोरिने हो कि भन्ने शंका उब्जेको छ निर्मलाको आमा दुर्गादेवी पन्तमाथि पनि । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिका निर्मला पन्तको ह’ त्या प्रकरणको २ वर्ष बितिसक्दा पनि अझै टुगों लाग्न सकेको छैन ।

निर्मला प्रकरणको टुगों नलाग्दै बैतडीमा गत बुधबार विद्यालयबाट घर फर्कने क्रममा बे पत्ता भएकी १७ बर्षीया भागरथी भट्ट बिहीबार साँझ सामुदायिक वनमा मृ’ त अवस्थाका फेला परिन । ह’ त्या गरेर फालेको अवस्थामा फेला परेकी बैतडीकी भागरथीको अ परा धि ५ दिन बितिसक्दा समेत पत्ता लाग्न सकेको छैन । निर्मला प्र करणको २ वर्ष बितिसक्दा समेत हत्या’ रा पत्ता नलागे पछि भागरथी ह त्या का ण्ड पनि निर्मला प्रकरण जस्तै नहोस भन्छिन्, निर्मलाकी आमा दुर्गा देवीपन्त ।अब निर्मला छोरीको ह त्या’ रा पत्ता लाग्छ भन्ने आश नरहेको र आफुले एउटा छोरी गुमाउनुको पीर हुँदाहुँदै बैतडीमा एउटी अर्की आमाले पनि निर्मला जस्तै छोरी गुमाएको देख्दा आफ्नै छोरीको सम्झना आएको निर्मलाकी आमाले बताइन ।

एउटी छोरी गुमाएको पीडा आमाले त भोग्नु परेको नै छ तर छोरीको हत्या’ रा पत्ता नलाग्दा झन पीडाले पिरोली राख्ने हुँदा छिट्टै नै भागरथीको हत्या रा पत्ता लगाइ दिन दुर्गादेवी पन्तको आग्र’ ह पनि छ । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला प्रकरण कञ्चनपुर प्रहरीकोे प्राथमिकतामा परेको घ’ टना रहेको र तथ्य प्र माण जुटाउनमा प्रहरी गम्भीर रुपमा अनुसन्धान गरी राखेको बताए ।उनले केहि शं’ कास्पद व्यक्तिहरु आफ्नो निगरानी रहेको र उनीहरु घटना’ स्थलमा भएको पृष्टि हुने आधारहरु खोजी भइरहेको जानकारी पनि दिए । भागरथीको घ टना पनि निर्मलाको नियतिमा नपुगोस् भन्दै आवाज उठन थालेपछि कञ्चनपुर प्रह रीमाथि दबाब बढेको महसुस पनि गरिएको छ ।


Last Updated on: February 11th, 2021 at 4:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५० पटक हेरिएको

तपाईको प्रतिक्रिया