बुधबार ०३ कार्तिक २०७८

खानेपानी मन्त्रालय, काठमाडौं महानगर पालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहिबार देखि काठमाडौंमा वाटर एटिएम सं’ञ्चालनमा आएको छ । बिहिबार एक कार्यक्रमका बीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गरेका हुन् । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ ।

वाटर एटिएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ । वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैया तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटिएमलाई ३ महिना सम्म सप्लार्यसले नै संचालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिने छ ।

यस एटिएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ । एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाका सिक्का प्रयोग गर्नुपर्ने छ । काठमाडौ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ता भित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटिएम जडान गरिने जानकारी दिए ।


Last Updated on: February 11th, 2021 at 6:15 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया