शनिबार ३० आश्विन २०७८

नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प’क्रा उ गर्न उनको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पहिले सादा पोशाकमा प्रहरी पुगे पनि अहिले त्यहाँ दंगा प्रहरी पुगेका छन्। शंखमुलस्थित झाँक्री को निवास अगाडि अहिले नेकपा कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।

‘हाम्रो झाँक्री हाई हाई, केपी ओली बाइबाइ’ लगायत नारा कार्यकर्ताले लगाइरहेका छन्। उनीहरूले प्रहरी दमन भएको भन्दैसमेत नाराबाजी गरिरहेका छन्। झाँक्रीले एक साता अगाडि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी सम्बन्धी अभिव्यक्ति दिएकी थिइन् । महा नगरीय अप’राध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्था वि’रूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताएका थिए।

‘हामीले उहाँलाई बिहीबार बिहान १० बजे आउन भनेका छौं’ थापाले भने । सुरूमा प्रहरी कार्यालय बोलाएको भने पनि अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका हुन् । यस अघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।


Last Updated on: February 11th, 2021 at 6:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया