बिहिबार २१ साउन २०७८

अधिकाँश परिवारमा कमाइ भएपनि घरमा धनको अभाव रहन्छ । घरमा पैसाको अभावले तनाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन ।

यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अभाव हुँदैन । घरमा राख्नुस् यी ६ कुरा धनको अभाव हुँदैनः

१- माटोको घडा

घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।

२– पञ्चमुखी हनुमान

घरको दक्षिण-पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।

३-भगवानको प्रतिमा

घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ ।

४-लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह

घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।

५-चाँदी, पित्तल वा तामाको पिरामिड

घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन ।

६-धातुले बनेको कछुवा वा माछा

वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।


Last Updated on: February 11th, 2021 at 7:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया