आइतबार १७ साउन २०७८

प्रशान्त महासागरको दक्षिण क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि वैज्ञानिकहरूले सुनामीको चेतावनी दिएका छन् । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ ।

भूकम्पपछि अष्ट्रेलियाको मौसम एजेन्सीले सुनामी आएको पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले पनि भानुआटु र फिजीमा सुनामी आउने चेतावनी दिएको छ ।

भूकम्पको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।भूकम्पले के कति क्षति भयो भन्ने विवरणहरू अहिलेसम्म आएका छैनन् । थप बिवरण आउँन बाँकि ।

पृथ्वीभित्र धेरै प्लेटहरू हुन्छन् जुन समयसमयमा विस्थापित हुन्छन् । यस सिद्धान्तलाई अंग्रेजीमा प्लेट टेक्नोनिक्स भनिन्छ । यस सिद्धान्तका अनुसार पृथ्वीको माथिल्लो तह ४० किलोमिटर मोटो हुन्छ ।

क्रस्टमा विभिन्न प्लेट हुन्छन् । सामान्य रूपमा ती प्लेटहरू १० देखि ४० मिमि प्रतिवर्षका गतिले गतिशील रहन्छन् तर कुनै प्लेट १६० मिमिसम्म गतिशील रहन्छन् । प्लेटहरू एकआपसमा ठोकिन्छन् र यसबाट पृथ्वी विस्तापित हुन्छ जब ती प्लेटहरू गतिशील हुन्छन् तब तिनीहरू एकआपसमा ठोकिन्छन् । ती प्लेटहरू ठोक्किनाले तरंगहरू उत्पन्न हुन्छन् । यसरी प्लेटहरू ठोक्किदाको परिणाम सुरु ज्वालामुखी पनि उत्पन्न हुन सक्छ ।

प्लेट टेक्नोनिकको यस सिद्धान्तअनुसार पृथ्वीको माथिल्लो तहको रूपमा स्पिन स्थलमण्डल जसमा क्रस्ट र माथिल्लो मेन्टलको केही भाग संलग्न हुन्छन् जसलाई प्लेट भनिन्छ ।

मुख्य रूपमा सातवटा प्लेटहरूले भूकम्पलाई नतिजा दिन्छन् । सामान्यतया ती प्लेटहरूमा ठूलो प्लेटको संख्या सात मानिन्छ । त्यसबाहेक कुनै सामान्य र कुनै सानो आकारका प्लेटहरू पनि हुन्छन् । ती प्लेटहरू मुख्य रूपमा अफ्रिकी प्लेट युरेसियाई प्लेट, उत्तर अमेरिकी प्लेट, प्लेटु, दक्षिण अमेरिकि प्लेट, प्रशान्त प्लेट हिन्दुअस्ट्रेलियाई प्लेटहरू हुन् ।

भूकम्प पृथ्वीको प्लेटहरू एकआपसमा ठोक्किनाले उत्पन्न भएको ऊर्जाका कारण आउँछ । ती प्लेटहरू ठोक्किनाले सिस्मिक तरंगहरू उत्पन्न हुन्छन् जुनचाहिँ भूकम्पको मुख्य कारण हो

भूकम्प नाप्न सिस्मोमिटरको प्रयोग गरिन्छ । भूकम्पको अध्ययनलाई सिस्मोग्राफी भनिन्छ । भूकम्प रिक्टर स्केलमा नापिन्छ । रेक्टर स्केलको अविष्कार वैज्ञानिक चाल्र्स फ्रान्सिस रिक्टरले गरेका थिए । ३ अथवा यसभन्दा कम रिक्टरको भूकम्पले धेरैजसो केही क्षति पु-याउँदैन । तर, ७ वा ७ भन्दा माथिको तीव्रताको भूकम्पले नेपालजस्तो कमजोर संरचना बनाएका देशमा पूर्ण क्षति निम्त्याउन सक्छ ।


Last Updated on: February 11th, 2021 at 8:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया