मंगलबार १९ साउन २०७८

यौन चाहाबाट सबै परिचित छौँ । यौन चाहाना हुनु सामान्य हो । यौन आनन्द लिनका लागी मस्तिष्क र शरीरबीचको तालमेल एकदमै आवश्यक छ ।

यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला महिला पुरुषबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छ । यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलापमा मात्र सिमित रहन्छ । यौनमा पुरुष र महिला उत्तिकै सहभागि हुनुपर्छ । यौन सम्पर्कका बेला दुवैले यौन आनन्द प्राप्त गर्नु आवश्यक छ ।

सम्भोगको अर्थ दुवैले समान रूपमा आनन्द पाउनु हो । यौन आनन्द प्राप्त गर्न पाँच चरण चाहाना, उत्तेजना, धारणा, चरम आनन्द र समापन पार गर्नुपर्छ ।

यौन आनन्दको पहिलो चरण हो, चाहाना । यौन सम्पर्क राख्ने चाह दुबैमा हुनुपर्छ, जबर्जस्ती गरिने यौन सम्पर्कले सन्तुष्टि दिन सक्दैन । यौनाकर्षण व्यक्ति अनुसार फरक हुन्छ । यौन आकर्षण कपाल, स्तन, पिँडौला र आँखामा हुन्छ । यौन आकर्षणले यौन चाहना बढाउने गर्छ।

यौन आनन्दको अर्को चरण उत्तेजना । महिलाको तुलनामा पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आई पुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू केही कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

यौन सम्पर्कमा पुगिसकेको चरण धारणा । यो अवस्थामा शारीरिक हाउभाउ अनुसारको सञ्चार भएको हुन्छ । श्वास प्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले यौनरस निस्कन्छ । महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको, योनी उठेको, यौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ ।

यौन सम्पर्क गर्दा बिर्य स्खलन हुने चरण चरम आनन्द । यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द दुवैले पाउनुपर्छ । चरम आनन्दको बेला यौनमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन् । श्वासप्रश्वास, मुटुको चाप र रक्तचाप अत्यधिक बढेको हुन्छ ।

यौन सम्पर्कको अन्तिम चरण समापन । यो अवस्थामा शरीरमा यौन मांसपेशी निष्क्रिय जस्तै भएर सुस्ताएका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष धेरै गलिसकेका हुन्छन् । पुरुष स्खलित भएको पाँच, दस मिनेटमै फेरि यौन सम्पर्कका लागि तयार हुन सक्छन् । तर महिला त्यति चाँडै तयार हुँदैनन्

यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख विषयमा विभिन्न सर्वेक्षणहरु भएका छन् । अहिलेसम्म भएका अध्ययन सर्वेक्षणहरुमा महिलाले यौनसम्पर्कका बेला सनतुष्टि नपाउने तथ्य सार्वजनिक हुँदै आएका छन् । तर यो पटकको अध्ययनले महिलालाई कसरी चरम सन्तुष्टि दिने विषयमा अध्ययन अनुसन्धान गरेको छ । कतिपय महिलाले कहिल्यै पनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् । तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ ।


Last Updated on: February 11th, 2021 at 10:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया