आइतबार १७ साउन २०७८

प्याजले कुनै पनि खानाको स्वादलाई दुई गुण बढाउने काम गर्दछ । तर कैयौँ व्यक्तिलाई थाहा नै हुँदैन कि प्याजले कपालको सुन्दरता बढाउमा पनि मदत गर्दछ । प्याजमा सल्फर हुन्छ । जो कपालको वुद्धिविकासको लागी अत्यन्तै महत्वपुर्ण साबित हुन्छ । यसको नियमित उपयोगले तपाई आफ्नो कपललाई बाक्लो र मजब्त बनाउन सक्नुहुन्छ ।

प्याजको रसमा एन्टी ब्याक्टेरियल गुण पाइनेृ गर्दछ । जसको कारण कपालमा आउने कुनै पनि समस्यालाई हटाई कपाल झर्ने समस्याबाट मुक्ति मिल्छ । साथै चायाँ पर्ने र कपालमा देखापर्ने अन्य संक्रमण लाग्न नदिन पनि मदत गर्दछ ।

प्याजको रसले केवल कपालको जरालाई मजबुत गर्दैन यसले कपालको चमकलाई पनि बढाउने काम गर्दछ। प्याजको रसलाई तपाई कपालको हरेक हिस्सामा लगाउन सक्नुहुन्छ ।

कसरी लगाउने कपालमा प्याजको रस?

२.मिक्सरको सहायताले तपाई प्याजको रसलाई निकाल्न सक्नुहुन्छ र यसलाई कपालको हरेक हिस्सामा लगाउन सक्नुहुन्छ । प्याजको रस लगाएर कपाललाई २ घन्टासम्म यसै खुल्ला छोड्दिनुहोस् जब कपाल प्रर्ण रुपमा सुख्छ तब कपाललाई हल्का मनतातो पानीले धुने गर्नुहोस् । यदि कपालमा प्याजको गन्ध आएमा त्यस गन्धलाई हटाउनको लागी तपाई स्पापुको प्रयोग गर्न सक्नुहुन्छ ।

कपालमा नियमित रुपले प्याजको रस उपयोग गर्नाले र कपालसँग जोडिएका अन्य पोषक तत्व लिनाले पनि तपाईको कपाल बाक्लो,लामो र चमकदार हुने गर्दछ । साथै तपाईलाई एलोपेसिया कपाल झर्ने बिमारी ,टाउकोमा हुने कुनै पनि प्रकारको संक्रमण, नयाँ कपाल प्राप्त गर्न मद्दत र प्याजको रसले कपाललाई घना बनाउँन मदत गर्दछ ।

२.मिक्सरको सहायताले प्याजको रस निकाल्नुहोस् र त्यसमा कुनै पनि प्रकारको तेल मिलाएर कपालको जरामा लगाउनुहोस् र एक घण्टा पछि कपाल धुनुहोस्, यसले कपाललाई पोषण दिन्छ र कपालको ग्रोथ बढाउँदछ।


Last Updated on: February 12th, 2021 at 10:38 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया