बिहिबार २१ साउन २०७८

ताप्लेजुङ पाथिभरा याङवरक-१ नाङखोल्याङका २० बर्षीय सुर्यमान राईको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

बिहीवार २ बजे ताप्लेजुङ पाथिभरा याङवरक-४ डुम्रिसे स्थित भित्री सडकखण्डमा ना ७ त ३३९ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई दुर्घटना हुदा ट्याक्टरमा रहेका सह चालक राईको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्टर चालक याङवरक-१का २३ बर्षिय नर बहादुर राईलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी मोरङ सुनवर्षी-४ का २३ बर्षीय मिथलेस यादवको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । बिहीवार राती साढे ९ बजे सुनवर्षी-४ स्थित भित्री सडकखण्डमा को १ त ३६७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक यादब गम्भिर घाईते भएका थिए ।

घाईते यादबको रंगेली अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


Last Updated on: February 12th, 2021 at 10:43 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया