बिहिबार १० आषाढ २०७८

बिहानदेखि बेलुकासम्म हामी यस्ता विभिन्न गल्ती गर्छौं जसले हाम्रो शरिरमा नराम्रो असर पुर्याउने गर्दछ । यीमध्ये केही यस्ता गल्ती हुन्छन् जसका कारण हामीलाई समयअगावै बुढ्यौलीले छुने गर्दछ । यदि यी कुरामा ध्यान दिएर समाधान निकाल्न सके कम उमेरमा नै बुढो देखिने समस्याबाट बच्न सकिन्छ । म्याक्स हेल्थ केयरका डर्मेटोलोजिस्ट डा। अपूर्व जैनले कम उमेरमा नै बुढो देखिन सहयोग गर्ने केही गल्तीबारे जानकारी दिएका छन् ।

१.पर्याप्त नसुत्नुः
थुप्रै अनुसन्धानले यो पुष्टि गरेको छ कि यदि हामी राती ७ देखि ८ घण्टा नसुते यसले तनाव, मुटु रोग र उच्च रक्तचापको समस्या निम्त्याउँछ । यो गल्तीले समय अगावै बुढा बनाउन सक्छ ।

२.तनावमा रहिरहनुः
लगातार तनावमा रहँदा शरिरमा केही यस्ता हर्मोन बन्न थाल्छ जसले शरिरमा नराम्रो असर पुर्याउने गर्दछ । यसले अनुहारमा समय अगावै चाउरी निम्त्याउने गर्दछ ।

३.लगातार बसिरहनुः
लगातार थुप्रै घण्टासम्म एकै ठाउँमा बसिरहँदा खाना राम्रोसँग पच्दैन । यस्तोमा तपाईं मोटोपनाको शिकार हुनुहुनेछ जसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ र समय अगावै बुढो देखाउँछ ।

४.कम पानी पिउनुः
दिनभरी सात देखि आठ गिलास पानी नपिउँदा शरिर हाइड्रेट हुन पाउँदैन । यस्तोमा छाला रुखो हुने गर्दछ जसले चाउरी पर्ने गर्दछ ।

अनुहारको चाउरीपनाले दिक्क हुनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् फिटकिरी

५.नशाको लतः
रक्सी, गाँजा, चुरोट र लागुपदार्थको नशा छ भने शरिरमा कार्टिसोल नामक हर्मोन बन्न थाल्छ । यसले तनावलाई बढाउने ष्र्दछ र समय अगावै बुढा पनि ।

६.एकैपटक थुप्रै काम गर्दाः
एकैपटक थुप्रै काम गर्दा ऊर्जा त खर्च हुन्छ नै साथै तनाव पनि बढ्ने गर्दछ । यसले दिमाग र मुटुमा नराम्रो असर पर्ने गर्दछ ।

७. नास्ता नगर्दाः
बिहानको नास्ता नगर्दा दिनभरी थकान र कमजोरीको समस्या हुने गर्दछ । यसले छालामा नराम्रो असर पुर्याउने गर्दछ र हामी समयपूर्व नै बुढो देखिन थाल्छौं ।

८. अस्वस्थकर खाना खाँदाः
खानामा दुध, दही, पनिर, हरियो सागसब्जी वा अण्डा, माछा, चिकन, मटनजस्ता खानेकुरा समावेश नगर्दा शरिरले आवश्यक पोषक तत्व प्राप्त गर्दैन । यसो हुँदा व्यक्ति उमेरभन्दा अघि नै बुढो देखिन थाल्छ ।

९. सनस्क्रिन नलगाउँदाः
सनस्क्रिन नलगाउँदा घामको तेज किरणले छालामा प्रत्यक्ष असर पुर्याउने गर्दछ । यसले छालाको रङ र नरमपन दुबैलाई कम गर्दछ ।

१०.व्यायाम नगर्दाः
दैनिक बिहान व्यायाम नगर्दा शरिर फिट हुँदैन । यसले मोटोपना, अपच, एसिडिटी र कब्जियतको समस्या हुन थाल्छ। यस्तोमा समयपूर्व नै बुढ्यौलीले छुने गर्दछ ।


Last Updated on: February 12th, 2021 at 11:13 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया