मंगलबार ०८ आषाढ २०७८

एउटै भेडाको मुल्य डेढ करोड रुपैयाँ भन्ने सुन्दा पनि पत्यार नलाग्न सक्छ । तर नपत्याई सुखै छैन, किनकी यो वास्तविकता हो ।

यो मुल्य नेपालको नभएर भारतको हो । अहिले सामाजिक सञ्जालमा एउटा समाचार भाइरल बनिरहेको छ । उक्त भाइरल समाचार एक भेडाको बारेमा रहेको छ ।

एक भेडाको मूल्य डेढ नै करोडौँ रहेको छ । गुणस्तरीय मासुको लागि प्रसिद्ध मेडगयाल जातको यो भेडो भारतको महाराष्ट्रस्थित सांगली जिल्लामा पाइन्छ ।

७० लाख भारतीय रुपैयाँमा मानिस किन्न तयार भए पनि यसको मूल्य १.५ करोड रुपैयाँ तोकिएको छ । मुल्य तोकिएपछि अहिले भेडा किन्ने भन्दा हेर्नेको भिड लाग्न थालेको बताइएको छ ।


Last Updated on: February 12th, 2021 at 11:21 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया