बुधबार ०३ कार्तिक २०७८

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले शरीर दा’न गर्ने भएका छन । जोशी दम्पतीले आफूहरूको शेषपछि शरीर दा’न दिने दिने घोषणा गर्ने भएका छन्। चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दा’न दिने उनीहरूको भनाइ छ।

उनीहरूले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृ,त्युपछि शरीर दा’न दिने घोषणा गर्न लागेका छन्। शुक्रबार दिउँसो १:३० बजे आयोजना हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा गर्ने कार्यक्रम छ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत माघ २० गते शताब्दी पुरुष जोशीको तस्बीर अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाएकी थिइन् । शताब्दी पुरुष जोशीको हुलाक टिकट प्रकाशित भएको खुसियाली उनको घर गएको बेला जोशीले उक्त जानकारी गराएको साहित्यकार इन्दिरा प्रसाईले आफनो फेसबुक मार्फत समेत जानकारी गराएकी थिइन ।


Last Updated on: February 12th, 2021 at 11:47 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया