मंगलबार १९ साउन २०७८

कलाकार तथा समाजसेवी शिशिर भण्डरी सुपुत्र, ४ वर्षे बालकलाकार अनुरोध भण्डारीले ‘मुरली तिरिरी’ बोल रहेको गीतको भिडियोमा अभिनय गरेका छन । उनको यो पहिलो भिडियो हो । उमेर सानै भएपनि भिडियोमा उनको अभिनय निकै गज्जब देखिएको छ । भिडियोमा उनीसंगै उनका वुवा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत ‘जिरे’, दिपकराज पाठक, श्रद्धा गौतम लगायतको अभिनय रहेको छ। गीतले सबैलाई रुवाएको छ ।

प्रस्तुत भिडियोको गीतमा झापा दमकका आशा लाग्दा युवा गायकको रुपमा आफुलाई स्थापित गराउँदै गरेका गायक आयुष्मान चापागाँई र बेनिसा पौडेलको स्वर रहेको छ ।दिपकराज पाठकको प्रस्तुतिमा रहेको यस् भिडियोमा निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ भने छांयाकन ज्ञानेन्द्र शर्मा हुमागाई तथा सम्पादन डिन्सन शाहको रहेको छ । गीतमा शब्द रचना दिपकराज पाठक र शिशिर भण्डारीको रहेको छ भने संगीत पनि भण्डारीले नै दिएका छन । भिडियो नयाँ नयाँ न्यूज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियो हेर्नुस


Last Updated on: February 12th, 2021 at 1:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया