मंगलबार १९ साउन २०७८

टिकटवाट भाइरल भएका धेरै जोडी अहिले कलाकार बनिसकेका छन् । उनीहरुले फिल्म र म्युजिक भिडियोमा काम गर्ने अवसर पाएका छन् । सामाजिक सञ्जाल टिकटकले कलाकार बनेकाहरुले राम्रो अवसर पाएका छन् । प्रिन्साको जोडी, दमयन्तीको जोडी र अर्का दुई दाजुभाईको जोडी पछि अर्को एक दिदी बहिनी पनि भाइरल भएका छन् ।

यि पनि जुम्ल्याहा जोडी हुन् । सामाजिक सञ्जाल टिकटकमा उनीहरु पनि सकृय छन् । जुम्ल्याहा जोडीहरु भाइरल भएका बेलामा यो जोडीले भने कस्तो प्रभाव पार्छ ? हेर्न भने बाँकी छ । उनीहरु पनि अहिले आफुहरुलाई उनीहरु जस्तै प्रस्तुत गर्ने अवसरको खोजीमा छन् । उनीहरुको अर्को विशेषता भनेको उनीहरुले गीत पनि राम्रो गाउँछन् । श्वर पनि ठिकै छ । त्यसैले गीत गाउने प्रयास पनि गर्छन ।

उनीहरु पनि टिकटकमा चर्चामा रहेका गंगा जमुना हुन् । उनीहरुले समान लुगा लाउँछन् । भनिन्छ जुम्ल्याहा मध्य एक जनालाई कुनै समस्या भयो भने अर्कोलाई पनि त्यस्तै समस्या हुन्छ ? यो प्रश्न गर्दा उनीहरुले आफुहरुबीचको रमाइलो कुरा सुनाए । दुई तीन मिनेटको फरकमा जन्मिएका उनीहरुको स्वभाव पनि उस्तै छ । उनीहरुको टिकटक फलोअर्स ३० हजार भन्दा माथि छ । ब्यक्तिगत र सामुहिक टिकटक पनि उनीहरुले बनाएका छन् ।

दुवै जनाले संगै र फरक फरक पनि टिकटक एकाउण्ट बनाएका उनीहरुले लोक र आधुनिक गीत गाउँछन् । भन्छन्, एक जनालाई टाउको दुख्दा अर्कोलाई पनि दुख्ने रहेछ । हामीले पनि अनुभव गरेका छन् । उनीहरु आफैले गीत रचना पनि गर्छन ।


Last Updated on: February 12th, 2021 at 1:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया