बिहिबार २१ साउन २०७८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले एक सर्कुलर जारी गर्दै पार्टीका जिल्ला कमिटीहरुलाई ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवसको कार्यक्रम भव्यतापूर्वक गर्न अनुरोध गरेका छन् ।

फागुन १ गते तत्कालिन नेकपा माओवादीले नेपालमा जनयुद्ध शुरुवात गरेका थिए । हरेक वर्ष यो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाइन्छ ।


Last Updated on: February 12th, 2021 at 1:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया