शुक्रबार ०४ आषाढ २०७८

सलमान खान प्रति अति आशक्तिका कारण एक महिलाले १२ लाख रुपैया गुमाउनु परेको छ । राजस्थानकी एउटी महिलाले दावी गरेकी छन् की उनलाई सलमान खानको हो भनेर एउटा घोडा १२ लाख रुपैयाँमा बेचिएको छ । आफु ठगीएको थाहा पाएपछि ति महिलाले प्रहरीमा उजुरी गरेकी छन् ।

उजुरीमा भनिएकी ती महिलाले ११ लाख रूपैया नगद दिए र बाँकी रकम चेकबाट दिएकी थिइन् तर उनलाई घोडा दिइएन। उक्त महिलाले अनुसन्धानका लागि अदालतसमक्ष पुग्यो। राजस्थान हाईकोर्टले उक्त महिलाको बिन्ती खारेज गर्यो र उनले सम्बन्धित पुलिस उपायुक्त समक्ष मु द्दा हाल्नु पर्ने र कानून बमोजिम काम गर्ने बतायो।

महिलाका वकिल पीडी डेभले भने कि उजुरी अनुसार निर्भय सिंह, राजप्रीत र अर्का व्यक्तिले सन्तोष भाटीलाई सलमान खान उभिरहेको घोडाको तस्वीर देखाए। उनले उक्त महिलालाई भने कि उक्त घोडा बिक्रीको लागि उपलब्ध छ। आरोपितले भाटीलाई विश्वस्त गराए कि उनी अभिनेतालाई चिन्छन् र पहिले पनि सलमानको घोडाहरु बेचिदिएका थिए । उक्त महिलाले उनीमाथि विश्वास गरी १२ लाख रुपैयाँमा घोडा किनेकी थिइन तर उनलाई घोडा दिइएन । गत वर्ष अगस्तमा प्रहरीमा उजुरी गरिएको थियो।


Last Updated on: February 12th, 2021 at 4:22 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया