शुक्रबार ०४ आषाढ २०७८

अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ ।

सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ । सेनाले कारबाही मुख्यतः कान्दाहार प्रान्तको आर्घादाब जिल्लामा केन्द्रित भएको जनाएको छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही
बताएका छैनन् ।


Last Updated on: February 12th, 2021 at 5:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया