सोमबार ०७ आषाढ २०७८

काठमाडौं, ३० माघ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । उनी फागुनको अन्तिमतिर भारत भ्रमणमा जाने भएका हुन् ।

पूर्वराजा निकट स्रोतका अनुसार भारत भ्रमण निश्चित भइसकेको छ । फागुनमै भ्रमणमा जाने तय भएपनि गते निश्चित गरिएको छैन । विश्वस्त स्रोतले भन्यो,‘सम्भवत फागुनको तेस्रो या चौंथो साता भ्रमण हुन्छ ।’

स्थल मार्गबाट पूर्वराजा भारत जानेछन् । उनी भारतको सिलगुढी हुँदै दार्जिलिङ, खर्साङ कालिम्पोङलगायतका क्षेत्रमा केही दिन रहनेछन् । त्यहाँ उनले महत्वपूर्ण भेटघाट पनि गर्ने बुझिएको छ ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा जाँदैछन् । उनको साथमा पूर्वरानी कोमल पनि हुनेछिन् । झापामै पूर्वरानी कोमलको जन्मदिन मनाउने तयारी भएको छ । होटल क्राउन प्लाजामा ५ फागुनमा उनको जन्मदिन मनाइने बुझिएको छ । यसको तयारी पूर्वराजाका सहयोगीहरुले गरिरहेका छन् ।

१६ फागुनमा स्वर्गीय राजा महेन्द्र शाहको श्राद्ध परेकाले उनी बीचमा काठमाडौं फर्कने तय भएको छ । काठमाडौं फर्किएको केही दिनमै पुनः झापा गई स्थलमार्गबाट भारत प्रवेश गर्ने तय भएको हो ।

यसअघि पूर्वराजा कोरोना भाइरसको महामारी अघि भारत भ्रमणमा गएका थिए । उनले गत वर्ष भारतको दार्जिलिङ र सिक्किमको भ्रमण गरेका थिए ।


Last Updated on: February 12th, 2021 at 8:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया