शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं – पछिल्लो समय साउथ अभिनेता प्रभास एकपछि अर्को फिल्ममा व्यस्त भइरहेका छन् ।

फिल्म बाहुबलीबाट चर्चामा आएका प्रभाष अहिले प्रशान्त नीलको ‘सलार’ र ओम राउतले फिल्म ‘आदिपुरुष’ का कारण चर्चामा छन् ।

उमेरको कुरा गर्दा ४० बर्ष कटेका प्रभासले अझै विवाह गरेका छैनन् । अहिले उनको विवाहको पनि चर्चा भइरहेको छ । लामो समयदेखि उनको नाम अभिनेत्री अनुष्का सेठ्ठीसँग पनि जोडिँदै आइरहेको छ ।

उनीहरुबीच प्रेमसम्बन्ध रहेको चर्चा भएपनि दुवैले केही बोलेका छैनन् । तर पछिल्लो समय प्रभासको अमेरिकाकी एक युवतीसँग विवाह हुने चर्चा चलिरहेको छ ।

भारतिय मिडियाका अनुसार प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा रहेको बताइएको छ ।

यो मागी विवाह हुने बताइएको छ । अहिले दुवै तर्फका परिवारको कुराकानी भएरहेको बताइएको छ । प्रभास छिट्टै विवाह गर्ने योजनामा रहेको बताइएको छ ।


Last Updated on: February 12th, 2021 at 9:18 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया