बुधबार ०३ कार्तिक २०७८

काठमाडौँ । करिब चार बर्ष अगाडी एक बर्ष को काखे छोरालाइ साठी बर्षकि बुढी सासुको जिम्मा लगाएर प्रदेश हिडेकी आफ्नी श्रीमती लामो समय सम्म सम्पर्कमा न- आए पछि सुर्खेतका युबा ललित देबकोटाले आफु निकै ठुलो सम’स्यामा परेको बताएका छन। सानो उमेर बाट गित संगीत र अभिनयमा रुचि राख्ने देबकोटाले सुर्खेतमै सुत्तिंग भएको “मुना मदन ” भन्ने लोक भाका को अभिनयको क्रममा उक्त गित को मोडेल मनिषा खत्री संग भेट भएको र त्यसको केहि समय पछि संगै बाच्ने म’र्ने कसम खाएर प्रेम लाइ बिबाहको रुप मा परिणत गरेको बताएका छन।

आफु सानो उमेर को हुदा नै बाउले संसार छा’डेको र आर्थिक स्थिति नाजुक अनि बुढी आमा र भर्खर बिहे गरेकी श्रीमतीको खुसीको लागि उनि खाडी मुलुक uae को दुबई पुगे पछि श्रीमती को आनी बनि निक्कै परिबर्तन आएको महसुस त् गर्छन तर परिवार को खुसीको लागि उनि केहि बोल्न नसकेको बताउछन। केहि समय पछि श्रीमतीले अनेक बहाना मा म पनि दुबई आउछु भनेर मरिहत्य गरेपछि ललितले श्रीमती लाइ बाध्य भएर दुबई को भिसा मिलाएर संगै को कम्पनि मा काम मिलाइदिए। तर मनिषा निक्कै परिबर्तन भैसकेकी थिइन। चुरोट,मा’दक प’दार्थ को दुर्व्यसन र खराब साथीको संगत ले बिस्तारै हाम्रो माया मा ग्रहणरुपी छाया आउदै गयो त्यसपछि एउटा कम्पनि को दुर्घटनामा म परे मलाइ अर्ध बेहोशी अबस्स्थामा नेपाल पठाइदियो सर त्यो पछि उनि संग मेरो भेट भएको छैन ललित ले मलिन मुद्रामा भिडियो कल मा हाम्रो सम्बाददाता संग भने।

पटक पटक मर्ने सोच त् आउछ तर पनि सानो छोरो लाइ टुहुरो बनाउन सकिन,जे जसरि हुन्छा हिम्मत राखेर आज सम्म छोरो लाइ पढाएको छु र अझै पनि मेरो र छोरो को मायाले उनि फर्केर आऊछिन जस्तो लाग्छ। उनि अगाडी भन्छन ” मनिषा जे भयो भयो दुनियाले नराम्रो देखे पनि म तिमीलाई नराम्रो कहिले पनि देखेको छैन,रंग रमाइलो त् प्रदेश मा धेरै पाउली तर एक श्रीमान् को माया र छोराले आमा भनेर गरेको माया पाउन त् तिमि नेपाल फर्कने पर्छं। पाकिस्तानी संगको माया तिम्रो जवानी भैन्जेल मात्र हो मनिषा। तिमीले सामाजिक संजालमा ब्लक गरेपनि मेरो मनको कुना र मुटु भित्र बाट गरेको माया कहिले पनि ब्लक हुदैन त्यसैले घर फर्केर आऊ।

पाच बर्षको हाम्रो छोरा अनि पैसट्ठी काटेर सेतै फुलेकी मेरी आमा अनि मायाको अभाबले रंग खुइलिएको लालिगुरास जस्तै भएको तिम्रो श्रीमान् म ललित तिम्रै प्रतिक्षा मा छौ। ललितले मनिषा खत्री देबकोटा लाइ भेट्नु हुने सम्पूर्ण नेपालि दाजु भाइ ले यो संदेश उनि समक्ष पुर्याइदिन अनुरोध पनि गरेका छन।
हामीले फोटोमा ललित,मनिषा र छोरा को फोटो राखिदिएका छौ।


Last Updated on: January 11th, 2021 at 7:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया