सोमबार ०७ आषाढ २०७८

यही माघ २५ गते राति हत्या गरिएकी कान्तिदेवी कुशवाहाको हत्यारालाई बारा प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–१ कचहरिया टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र धनेश्वरीदेवी कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

घटनास्थलबाट प्राप्त वस्तुको आधारमा प्रहरीले प्रहरी नायब उपरीक्षक मिश्रको नेतृत्वमा नौ सदस्यीय छनबिन समितिले ३२ जनामध्ये लालबाबु र धनेश्वरी पक्राउ परेका थिए प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

मृतक कान्तीदेवीको परिवार र धनेश्वरीबीच जग्गा जमिन लगायत विषयमा विवाद थियो । सोही रिसईबी साँध्नका लागि अपराधिक मनोवृत्तिका लालबाबुको साथ लिएको बाराका अनुसन्धानबाट खुलेको छ ।

लालबाबु कुशवाह ०६५ सालदेखि ०६१ सालसम्म तीन वटा डाँका मुद्धा, हातहतियार तथा खरखजना र सार्वजनिक अपराधको १/१ मुद्धामा पक्राउ परी सजाय भोगिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीविरुद्ध बारा वञ्जरिया–५ बस्ने ओम प्रकाश महतो धानुकले ०५६ कात्तिक ७ गते उजुरी गरेका थिए ।


Last Updated on: February 12th, 2021 at 10:08 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया