शुक्रबार ०४ आषाढ २०७८

शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मर’णो परान्त शरीर दा’न दिने घोषणा गर्नुभएको छ । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृ,त्यु पछि शरीर दा’न दिने घोषणा गर्नुभएको हो । जोशी दम्पतीले मृ,त्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताउनुभयो ।

चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि म’रणोपरान्त शरीर दा’न दिने घोषणा गरेको सत्यमोहन जोशीले बताउनुभयो । ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाख ३० गते जन्मिनुभएका सत्यमोहन जोशी एक सय एक वर्षको पुग्नुभयो । उहाँकी श्रीमती राधा देवी ९६ वर्षकी हुनुहुन्छ । जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा भएको कार्यक्रममा उहाँहरुले शरीर दा’न दिने घोषणा गर्नुभएको हो। गएको वर्ष सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले विभिन्न कार्यक्रम गरी जोशीको जन्म शताब्दी समेत मनाएको थियो ।


Last Updated on: February 13th, 2021 at 7:57 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया