बुधबार ०३ कार्तिक २०७८

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी नयाँ दिल्ली गएका छन् । खनाल स्वास्थ्योपचारका लागि दिल्ली पुगेको उनका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनी चार दिन दिल्लीमा रहनेछन् ।

खनालको स्वास्थ्यमा समस्या आएकाले नियमित चेकजाँच गर्दै आएका छन् । नेपालमा राजनीतिक संकट बढिरहँदा नेताहरुको भारत दौडाहा बढिरहेको छ । यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएका थिए । उनी पत्नी सीता दाहालको उपचारका लागि भन्दै मुम्बई पुगेका थिए ।

भारतमा रहँदा उनले केही राजनीतिक भेटघाट पनि गर्ने बुझिएको छ । उनले पुराना राजनीतिक मित्रहरुसँग भेट्ने बुझिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि स्वास्थ्योपचारका लागि भन्दै दिल्ली पुगेका छन् ।


Last Updated on: February 13th, 2021 at 8:58 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया