मंगलबार ०८ आषाढ २०७८

‘म मौन बसेको छु यस्को अर्थ यो होइन कि म गलत छु । मैले मुख खोल्दा सत्य बाहीर आउने र नखोल्दा नआउने यो पक्कै होइन । सत्य त एकदिन बाहीर आउँछ आउँछ । त्यसकालागी मैले मुख नै खोख्नु पर्छ भन्ने छैन । मैले मुख खोलर कसैलाई नराम्रो हुन्छ भने म मेरो मुख खोल्नै चाहान्न ।’ यो भनाई हो तीन करोड नेपाली जनाताको ढुकढुकी सपना रोका मगरको ।

सपना र उनको बाबु भनिएका विनयजंगबीचको सम्बधमा तिक्तता आएपछि सपना लामो समयसम्म मौन नै बसिन् । यो विषयमा सबैले बिना गल्ती सपना मौन बसेको होइन भनेर पनि टिप्पहरु धेरैले गरे । सपना मौन बसिरहंदा विनयजंगका पक्षमा बोल्नेहरुले सपनाको मौनतालाई नै कम्जोरी बनाउँदै विभिन्न मिडियाहरुमा विभिन्न थरीका कुराहरु पनि गरे । यस प्रकारको भनाईहरुप्रति सपनाको धारणा वा जवाफ के रहन्छ र त्यो कहिले आउँछ भन्ने पर्खाई सबैकोलागी थियो ।

यसैबीच केही दिन अघि मात्रै सपनाका आमाबुवाले विनयजंगले सपनामाथि गरेको हरेक कर्तुतहरुको पर्दाफास गरिदिए । उनीहरुको उक्त भनाईप्रीत सोशल मिडियामा भुईँचालो नै आयो । त्सपछि विनयजंग र उनका पक्षधरहरुको खेल उनीहरुमाथि नै भारी पर्न गयो । सबैले विनयजंगलाई कार्वाहीको माग गरिरहे । उनकै संस्थामा आवद्ध भएर काम गर्दै आएकी सामाजिक अभियन्ताको रुपमा चिनिएकी शर्र्मिला वाईवाले त कसैले विनयजंगमाथि मुद्या नहालेपनि आफुले हाल्ने र कार्वाहीको दायरमा ल्याएरै छाड्ने सम्मको प्रतिज्ञा गरेकी छन् ।

आफु विरुद्ध चारैतिरबाट सबै खनिन थालेपछि विनयजंगले फेरी अर्को एउटा षडयन्त्र रचे जुन थियो पैसा चोरीको आरोप । उनको भनाई अनुसार सपनाले आफुसंग सम्बन्ध तोड्नको कारण उनका बुवाआमाले आफुलाई लगाएको आरोप गलत हो र वास्तवमा सपनाले संस्थाको नाममा आएको ५० हजार रकम चोरी गरेको बताए । जब विनयजंग सपनालाई चोर भने तब बल्ल सपनाले आफ्नो मुख खोलेकी छन् । जस्का पर्खाई अहिलेसम्म उनका फ्यानहरुले गर्नुकासाथै सबै नेपालीहरुले गरिरहेका थिए ।

सपनाले भनेकी छन्,‘मलाई माफ गर्नुस् मेरो मौनताले यदि कसैलाई चोट लाग्दैन र आत्मासम्मानमा ठेस पुग्दैन भने म मौन नै बस्न रुचाउँछु । तर यसको अर्थ यो होइन कि म गलत छु । म गलत छु छैन यो त समयले भन्ने कुरा हो । किनभने समयभन्दा बलवान यो संसारमा अरु केही छैन । जस्ले एकदिन अवश्य पनि सत्यको जीत गराएरै छाड्छ ।’ सपनाले आफुलाई धरातल बिर्सियो भन्नेहरुलाई पनि चोटिलो जवाफ दिएकी छन् । बाँकी भिडियोमा


Last Updated on: February 13th, 2021 at 12:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया