सोमबार ०७ आषाढ २०७८

केही समय देखि मिडिया र सामाजिक सन्जालमा भाईरल भईरहेका प्रतिभाहरु अहिलेको समयमा सबै बाल कलाकारनै छन । गुल्मीका सचिन परियार, रबिना बसेल र धादिङकी कमला घिमिरे यसका ज्वलन्त उदाहरण हुन ।

त्यस्तै गरि झापाका अशोक दर्जी पनि छटाउनै नहुने नाम हो । हो आज हामी अहिलेसम्मकै उमेरमा कम मानिएका भाईरल भाई पाल्पाका प्रहार बस्नेतको बारेमा कुरा गर्दैछौ जो ५ बर्षमै यति धेरै चलाख र चम्बु छन कि जो कोहीले उनीस“ग कुरा गर्न पनि सक्दैन ।

यसैगरि उनीस“ग गित गाउनमा साथ दिएकी छिन उही पाल्पाकै ७ बर्षिय उत्सुकता ढकालले । भाईले गित गाउदा गाउदै यति धेरै हसाए की रेकर्डिष्ट पनि एकैछिन आराम गरेर फेरी रेकर्डिङ गरेका थिए ।

दोहोरीमै यति धेरै राम्रो आवाज र अभिनय गर्न सक्ने प्रहार बल्ल ५ बर्षमा टेकेका छन र नेपालकै कान्छा गायक हुन भन्दा कुनै शंका पनि छैन । उनका मनपर्ने गायक पनि पाल्पाकै पुश्कल शर्मा हुन जो चर्चित लोक गायक हुन । हेरौ उनै प्रहारको कमेडी र गित —


Last Updated on: February 13th, 2021 at 1:20 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया