सोमबार ०७ आषाढ २०७८

टिकटक स्टार डेझरिया क्विन्ट नोयस अर्थात डेझरियाले सोमबार आत्महत्या गरेकी छिन् । यी अमेरिकी टिकटक स्टार १८ वर्षकी थिइन् । डेझरिया डी को नामले चर्चित थिइन् । आत्महत्या गर्नुभन्दा पहिले उनले इन्स्टाग्राम स्टोरी शेयर गरेर त्यसलाई आफ्नो अन्तिम पोस्ट बताएकी थिइन् । भिडियोको क्याम्पसमा उनले लेखेकी थिइन् ‘ओके मलाई थाहा छ म तपाइँ सबैलाई दिक्क पारिरहेकी छु । यो मेरो अन्तिम पोस्ट हो ।’

डेलीमेलको रिपोर्टअनुसार डेझरियाका अभिभावकले उनको निधनको पुष्टि गरेका छन् । उनीहरुले डेझरियाले आत्महत्या गरेको बताएका छन् । डेझरिया सामाजिक संजालमा निकै चर्चित थिइन् । टिकटकमा मात्रै उनका १.८ मिलियन फलोअर थिए । उनी इन्स्टाग्राम र युट्युबमा पनि निकै सक्रिय थिइन् । डेझरियाको मृत्युले उनका फ्यान शोकमा छन् ।


Last Updated on: February 13th, 2021 at 5:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया