शनिबार १८ मंसिर २०७८

नेपालीहरुको आकर्षक वैदेशिक रोजगारी गन्तव्य मुलुक दक्षिण कोरियामा अफ्रिकन स्वाइनफ्लु फैलिएपछि रोजागरीमा जानेहरुमाथि कडाई गरिएको छ। ईपीएसमार्फत कोरिया रोजगारीमा जाने नेपालीहरुमाथि पनि कडाई गरिएको छ।

त्रिभुवन विमानस्थल प्रहरीका अनुसार कोरिया जाने कामदारले सुँगुरको मासु लगेमा एक करोड कोरियन वनसम्म जरिमाना तिनुपर्ने भन्दै सचेत गराएको छ।

विमानस्थल प्रहरीले शनिबार एक सूचना जारी गर्दै कोरियामा सुँगुरको मासु प्रतिबन्धित भएकाले सोअनुसार मासु नलैजान भनेको हो।

साथै क्वारेन्टिनको पनि पालना गर्न प्रहरीले सचेत गराएको छ।


Last Updated on: February 13th, 2021 at 7:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया