शुक्रबार ०४ आषाढ २०७८

निजी र व्यावसायिक दुवै जीवनमा सदावहार रुपमा चर्चामा रहेकी भारतीय सिनेमाकी दिग्गज अभिनेत्री रेखाको जन्म भारतको चेन्नईमा भएको हो ।

७० वर्षमा हिडिरहेकी रेखा शुरूशुरूमा आर्थिक समस्याका कारण तेलुगुका बी र सी ग्रेड फिल्महरूमा काम गरेकी थिइन् ।
उनले नमक हराम, यमला पग्ला दिवाना, क्रिशको सिरिज, लगायतका कैयौँ बलिउड सुपरहिट फिल्ममा काम गरेकी छिन् ।


व्यापारी मुकेश अग्रवालसँग पहिलो विबाह गरेकी रेखाले उनको मृत्युपछि अभिनेता विनोद मेहरासँग गोप्य विवाह गरिन्। मुकेशले विबाह गरेको १ वर्ष नबित्दै आ त्मह त्या गरेका थिए ।

रेखाका श्रीमान मुकेशले सु-साइड नोटमा के लेखेका थिए ?

रेखाले १९९० मा भारतमा चर्चित व्यापारी मुकेश अग्रवालसँग बिहे गरेको थिइन् । उनी त्यो समयका चर्चित हटलाईन गुप्र र निकिताशा बान्ड्रका मालिक थिए ।

बिहेको एक वर्ष पछि अर्थात १९९१ मा मुकेशले रेखाको सलको प्रयोग गरेर नै देहत्याग गरेका थिए । उनको मृत्युले बलिउडमा तरङ्ग नै मच्चायो तर उनको मृत्युको रहस्य भने गुपचुप नै राखियो ।

मुकेशले मर्नुअघि एउटा नोट लेखेका थिए तर त्यस्मा उनले कसैलाई पनि आरोप लगाएका थिएनन् । उनले आफ्नो साथी तथा मनोचिकित्सक मुकेश अग्रवाललाई आफ्नो २ सन्तानको ख्याल गर्न र सम्पत्ति सम्हाल्न आग्रह गरेका थिए।

रेखाको बारेमा किताब लेख्ने यासिर उस्मानका अनुशार मुकेशले नोटमा रेखालाई आफ्नो सम्पत्ति नदिन आग्रह गरेका थिए । उनी आफै सक्षम छिन्, उनलाई मेरो सम्पत्तिको जरुरत नै छैन भनेको कुराहरु अस्मानले बताउँदै आएका छन्।

मुकेशका नजिकका मित्र तथा पुलिस कमिस्नर नीरज कुमारले रेखाले मुकेशको सम्पत्तिमा कहिले पनि आखाँ नलगाएको र अंश नलिएको बताउँदै आएका छन् ।

रेखाले मुकेशसँग पैसाको लागि विवाह गरेको हल्ला भएता पनि उनले आफुहरुसँग एक रुपैयाँ पनि नमागेको मुकेशका भाइले बताउँदै आएका छन् ।


Last Updated on: February 13th, 2021 at 7:29 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया