बिहिबार १० आषाढ २०७८

मुम्बई । बलिउड नायिका ऐश्वर्या राय बच्चन उनकै पति अभिषेक बच्चनभन्दा धनी छिन् । सन् १९९४ मा विश्व सुन्दरी घोषित ऐश्वर्याले एउटा चलचित्रमा अभिनय गरेबापत ६ देखि १० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् ।

त्यस्तै विज्ञापन उनको आम्दानीको अर्को स्रोत हो । उनी विभिन्न ब्राण्डका उत्पादनको आधिकारिक प्रचार गर्दछिन् । उनले नौ वर्षकै उमेरमा एउटा पेन्सिलको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले टाइटन, लोरियल, कोकाकोला, लेक्मे, फिलिप्स, पामोलिभ, लक्स लगायत कयौं कम्पनीको विज्ञापन गर्दै आएकी छन् ।

सन् २०१४/०१५ मा उनले ६ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम विज्ञापनबाटै हासिल गरेकी थिइन् । हाल उनीसँग २३४ करोड रुपैयाँको सम्पत्ति रहेको बताइएको छ । ऐश्वर्यालाई चलचित्र ‘हम दिल दे चुके सनम’ र ‘देवदास’ का लागि उत्कृष्ट नायिकाको अवार्ड दिइएको थियो ।

ऐश्वर्याले १० पटक फिल्मफेयर अवार्डको नोमिनेसन प्राप्त गरिसकेकी छिन् । यीमध्ये दुईवटामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिकि छिन् । उनले १९९९ मा हम दिल दे चुके सनमर २००२ मा देवदासबाट यो अवार्ड जितेकी हुन् । २००९ मा उनले पद्म श्री अवार्ड प्राप्त गरिन् । भारतीय नागरिकले भारतीय सरकारबाट प्राप्त गर्ने यो चौथो ठूलो अवार्ड हो । कला क्षेत्रमा उनले पुर्‍याएको योगदान स्वरूप उनलाई यो अवार्ड प्रदान गरिएको हो । २०१२ मा उनले फ्रान्सबाट प्राप्त हुने अवार्ड पनि जितेकी थिइन् ।

ऐश्वर्या राय बच्चन सन् १९७३ नेभेम्बर १ मा भारतको कर्नाटकामा जन्मिएकी हुन् । ऐश्वर्या रायले अभिषेक बच्चनसँग विवाह गरिसकेकी छन् तर धेरै वर्ष अघि उनी खान वा ओबेराय हुन पुगेकी थिइन, तर यस्तो हुन सकेन। ऐश्वर्या र सलमान खानको अफेयरको समाचार नयाँ होइन तर सलमानसँग हैरान भएर ऐश्वर्याले विवेकको हात समातेकी थिइन्। पछि विवेकलाई पनि एशले छोडिदिइन् र अभिषेकसंग बिवाह भएको थियो ।


Last Updated on: February 13th, 2021 at 7:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया